शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भादगाउँले कालो टोपी उद्योग सङ्घको साधारण सभा सम्पन्न 

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
भादगाउँले कालो टोपी उद्योग सङ्घको साधारण सभा सम्पन्न 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवालाहरूले जनाएका छन् ।

भादगाउँले कालो टोपी उद्योग सङ्घको प्रारम्भिक साधारण सभामा सरोकारवालाहरूले घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्न सबै एक जुट हुनु पर्ने जनाएका हुन् ।

भक्तपुरको मौलिक पहिचानको रूपमा रहेको भादगाउँले कालो टोपी उद्योग सङ्घले आफ्नो पहिलो प्रारम्भिक साधारण सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग, हस्तकलालगायतका उद्योगहरूले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको बताउँदै यसको प्रवर्द्धनमा हामी एक जुट भएर लाग्नु पर्ने जनाउनुभएको थियो । उहाँले नगरपालिकाले यहाँका मौलिक तथा परम्परागत सीप तथा कलाहरू संरक्षण र प्रवर्द्धनमा विशेष पहल गर्दै आइरहेको बताउँदै  भक्तपुर भ्रमण गर्ने स्वदेशी तथा विदेशी विशिष्ट पाहुनाहरूलाई भादगाउँले टोपी, जुः जुः धौ, मौलिक थैली र मयुरको झ्याल उपहार स्वरूप प्रदान गर्दै आएको बताउनुभएको थियो  ।

यस्तै उहाँले भादगाउँले टोपीको गुणस्तर कायम गर्नुपर्नेमा जोड दिँदै घरेलु उद्योगहरूलाई प्रवर्द्धन गर्न नगरपालिका सधैँ प्रतिबद्ध रहेको जनाउनुभयो  ।

यस्तै कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भादगाउँले टोपीको शानलाई अझ उच्च राख्न व्यवसायीहरूले निरन्तर यसको संवर्द्धन र प्रवर्द्धनमा लाग्नुपर्ने बताउँदै भक्तपुरका मौलिक वस्तुहरूको ट्रेडमार्क कायम गर्न सके अझ फलदायी हुने जनाउनुभएको थियो ।

त्यस्तै भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोशनी मैयाँ धाबन्जाले भादगाउँले टोपी प्रयोगकर्ताहरू कम हुँदै जाँदा व्यवसायीहरू निराश देखिएको बताउँदै भक्तपुरको मौलिक टोपी प्रयोग गर्न सबैलाई उत्साहित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा भादगाउँले कालो टोपी उद्योगका सङ्घका अध्यक्ष सिताराम श्रेष्ठले देशकै पहिचान बोकेको भादगाउँले टोपीको प्रयोगलाई सरकारी कार्यालयका कर्मचारीहरूमा अनिवार्य गर्न सके यसको संरक्षणमा टेवा पुग्ने जनाउनुभएको थियो  ।

उक्त कार्यक्रममा सल्लाहकार विश्वराम दुवाल, भक्तपुर हस्तकला सङ्घका अध्यक्ष शम्भु श्रेष्ठ, भक्तपुर रेडिमेड व्यापार सङ्घका अध्यक्ष राजेन्द्रकुमार प्रजापतिलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने  प्रमुख अतिथि, अतिथिलगायत सम्पूर्णलाई सङ्घका उपाध्यक्ष रत्नकाजी छुँजुले धन्यवाद ज्ञापन गर्नुभएको थियो । सन्जिब दुलाल

यो पनि पढ्नुहोस्

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

२ मिनेट अगाडि
गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

१९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

पाँच लाख भारतीय रकमसहित पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक