एजेन्सी । प्रसिद्ध फ्रान्सेली अभिनेता एलेन डेलोनको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको आफ्नै घरमा आइतबार निधन भएकाे बीबीसीले जनाएकाे छ ।
समाचार एजेन्सी एएफपीका अनुसार एलेन फ्रान्सेली सिनेमाको स्वर्ण युगको ‘स्टार’ थिए । उनकाे स्वास्थ्य केही वर्षदेखि नाजुक बन्दै गएको थियो ।
हालै उनको ब्रेकअपको खबरले पनि निकै चर्चा पाएकाे थियाे । सन् १९९०काे दशकमा एलेनलाई फ्रान्सेली सिनेमाको सबैभन्दा सुन्दर अभिनेता मानिन्थ्यो । ‘द लियोपर्ड’ र ‘रोको एन्ड हिज ब्रदर्स’ उनको सुपरहिट फिल्म हुन् । उनले आफ्नाे जीवनकालमा ९० भन्दा धेरै फिल्ममा अभिनय गरेका छन् ।


