काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-१० बाबरी बस्ने कुमार श्रेष्ठको छोरा १८ महिनाको कौशल श्रेष्ठको घर नजिकै रहेको कुलोले बगाएर शनिबार दिउँसो मृत्यु भएको छ ।
कुलोले बगाएर अशक्त भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
रूपन्देही, सैनामैना नगरपालिका-४ रन्यौरा बस्ने दिपक ठाकुरको छोरा १३ वर्षीय आकाश ठाकुरको सोही नगरपालिका-३ गंगानगरस्थित घमाहा खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


