काठमाडौं । धार्मिक, सांस्कृतिक तथा एैतिहासिक नगरी कीर्तिपुरमा बाघभैरवकाे जात्रा भव्य रूपमा मनाइएको छ ।
प्रत्येक वर्ष भाद्र १ गते सिंह संक्रान्तिका दिन मनाइने यस जात्रा कीर्तिपुरमा विशेष महत्वका साथ कीर्तिपुरका अाराध्य देवका बाघभैरव जात्रा मनाइने गरिन्छ ।
कीर्तिपुरबासीले वि.सं. २०१३ सालदेखि मनाउन सुरूवात गरिएकाे यस जात्रा विशेष महत्वका साथ मनाउने गरिन्छ ।
कीर्तिपुरको मध्य भागमा रहेको बाघभैरवलाई त्यहाँका बासिन्दाले आराध्यदेव मानी पूजाआजा एवम् जात्रा मनाउँदै आएका छन् । कीर्तिपुरमा बस्ती बस्दाकाे समयदेखि नै बाघभैरव मन्दिरको अस्तित्व रहिआएको हाे ।
जात्राका अवसरमा बाघभैरवको मूर्तिसहितको खट कीर्तिपुर नगर परिक्रमा गर्ने गरिन्छ ।
यस दिन बाघभैरवको मन्दिर एक सय आठ पटक घुमेमा मनले चिताएकाे पूरा हुने पाप, भय, संकट, कष्ट नष्ट भई पुण्य सञ्चय हुने जनविश्वास रहेको छ ।
बाघ भैरवलाई स्थानीय भाषाबाट आइ द्यः, ब्याघ्रेश्वर, धुंम्बा आजु, धुंआजुका नामले समेत सम्बोधन गरिन्छ ।



