शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कम्युनिस्ट पार्टी एकताका आधारबारे छलफल

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
कम्युनिस्ट पार्टी एकताका आधारबारे छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कम्युनिस्ट पार्टी एकताका आधारबारे छलफल भएको छ।

शनिबार एकीकृत समाजवादीको केन्द्रिय कार्यालय काठमाडौमा भएको भेटघाटको क्रममा दुई पार्टीले अंगीकार गरेका बिचार , राजनीति र संगठनका बिषयमा द्विपक्षीय कुराकानी भएको हो। नेपालमा बामपंथी एवम् कम्युनिस्ट पार्टीहरुवीच एकता, ध्रुवीकरण र सहकार्यको चर्चा हुने गरेको भएपनि कम्युनिस्ट पार्टीहरु विभिन्न खेमामा बिभक्त रहेको बेला नेपाल कम्युनिस्ट पार्टी र एकीकृत समाजवादीबीचको छलफललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी एमालेबाट बिद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा पुनर्गठित एकीकृत समाजवादीले नेपाली समाजको आर्थिक चरीत्र दलाल पुजीवादी रहेको,जनताको बहुदलीय जनवादको कार्यक्रम अब असान्दर्भिक भैसकेको,२०६२/०६३को आन्दोलन र राजतन्त्रको अन्त्य पछि नेपालमा जनवादी क्रान्ति पूरा भएकोले नेपालको आगामी राजनीतिक कार्यक्रम समाजवाद हुने निष्कर्ष निकालिसकेको छ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले बैज्ञानिक समाजवादको उदेश्यसहित नेपाली विशेषताको समाजवाद निर्माणका लागि अगाडि बढ्नुपर्ने,क्रान्तिको कार्यदिशा एकीकृत क्रान्ति हुने,अहिले पश्चिमा शक्ति र भूमण्डलीकृत साम्राज्यवादसङ्ग नेपाली जनता र देशको प्रधान अन्तरबिरोध भएकोले देशको सार्वभौमसत्ताको रक्षा र समाजवादी कार्यक्रमको कार्यान्वयनका लागि कम्युनिस्ट शक्तिबीच एकता र ध्रुवीकरण गर्नुपर्ने, एकता हुन नसक्ने शक्तिबीच पनि मुद्दा अनुसार सहकार्यको लागि पहल गर्ने नीति लिएको देखिन्छ ।

नेपाल कम्युनिस्ट पार्टीले कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिकसहित चार मित्र शक्ति, मजदुर, किसान ,मध्यमवर्ग र रास्ट्रीय पुजीपती सम्मीलित चार आधार बर्ग र खसआर्य,मधेसी,मुस्लिम, जनजाति ,श्रमिक समुदाय र महिला गरि ६ समुदायलाई नेपाली समाजको मुख्य आधार शक्ति मान्दै समाजवादको दिशामा अघि बढ्ने निष्कर्ष निकालेको छ।

नेकपा महासचिव विप्लव र माधव नेपालबीचको कुराकानीमा समाजवादी मोर्चालाई सकृय बनाउने र वर्तमान राजनीतिक घटनाक्रम एवम् परिस्थितिका बिषयमा समेत छलफल भएको बुझिएको छ भने भेटघाटमा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेताहरू बेदुराम भुसाल,प्रमेश हमाल र गङ्गालाल तुलाधर समेत सहभागी रहेका थिए।

यो पनि पढ्नुहोस्

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

७ घण्टा अगाडि
राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

पाँच लाख भारतीय रकमसहित पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक