सोम, मंसिर २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home दुर्घटना

डोटीमा रात्रि बस दुर्घटना हुँदा १७ जना घाइते

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दिपायल । डोटीमा रात्रि बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ समुहगाड अन्तरगत रेडियो नेपालको मोडमा बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार दुर्घटनामा चालक सहित १७ जना घाइते भएका छन् ।

धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४९१ नम्बरको रात्रि बस शुक्रवार बिहान ४ः २० बजे दुर्घटना भएको हो । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।

धनगढीबाट बुधवार जिल्लाको केआइसिंह गाउँपालिका वायलका लागि छुटेको रात्रि बस दुर्घटना भएको हो । बस सडकबाट स्थानीयको घर माथि खसेको थियो । घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते १६ जना बसमा सवार यात्रुहरू हुन् भने एक जना घरमा सुतिरहेकी महिला हुन् ।

दुर्घटनामा सायल गाउँपालिका– ४ का २४ वर्षीय इन्द्र बोगटी, सोही ठाउँका ८२ वर्षीय तेज बहादुर सिंह, ६८ वर्षीय हर्क बहादुर सिंह र ५६ वर्षीय लालवीरे भुल घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, साय गाउँपालिका– ३ का ४० वर्षी दल बहादुर बयाडी, पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहका २१ वर्षीय हिक्मत बिक, बोगटान फुड्सिल गाउँपालिका– ६ पलाडीका ३५ वर्षीय देव बोगटी घाइते भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–१ तिखाकी ४० वर्षीया डम्बरी खड्का, दिपायल सिलगढी नगरपालिका–४ राजपुरका ३८ वर्षीय डिल बहादुर नेपाली, , दिपायल सिलगढी नगरपालिका–६ का २९ वर्षीय भेषराज धामी पनि घाइते भएका छन् ।

आदर्श गाउँपालिका– ४ भुवाका ३० वर्षीय कृष्ण विष्ट, सोही ठाउँका ३८ वर्षीय  सन्तोष बोहरा र आशर्द गाउँपालिकाकै वडा नं १ का २३ वर्षीय प्रकाश खड्का, डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– २ की २१ वर्षीया सविता देउवा घाइते भएको प्रहरीले जनाएको छ ।

बस चालक शिखर नगरपालिका– १० का २८ वर्षीय भरत रावल र बसका साहु केआईसिंह गाउँपालिका– २ का ४६ वर्षीय कमल विक्रम शाही घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै घरमाथिबाट बस खस्दा घरमा सुतिरहेकी स्थानीय ५० वर्षीया सरूँ नेगी पनि घाइते भएकी छिन् । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । गडीको प्रेसर पाइप फुटेका कारण उकालोमा ब्रेकले काम नगर्दा दुर्घटना भएको चालक रावलले बयान दिएका छन् ।

घाइतेहरूको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थाका बिरामीहरूलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको छ ।

यो पनि पढ्नुहोस्

यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

५७ मिनेट अगाडि
पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पामा भएकाे जिप दुर्घटनामा निधन भएका मध्ये दुई जनाको सनाखत

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेलकाे आपत्ति

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

राजधानीमा ’किसानसँग बुद्धिजीवी’ कार्यक्रम सम्पन्न

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक