जेरुसेलम । इजरायलका जासूस प्रमुखहरू बिहीबार दोहामा हुने इजरायल र हमासबीचको वार्तामा सहभागी हुने भएको छन् ।
“प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भोलि दोहामा इजरायली प्रतिनिधिमण्डल प्रस्थान गर्ने र वार्ता सञ्चालन गर्ने जनादेश स्वीकृत गर्नुभएको छ,” बुधबार जारी एक विज्ञप्तिमा भनिएको छ ।
इजरायलको जासुसी एजेन्सी मोसादका प्रमुख डेभिड बर्निया र शिन बेट सुरक्षा सेवाका प्रमुख रोनेन उक्त टोलीमा रहेको नेतान्याहुका प्रवक्ता ओमेर दोस्तीले एएफपीलाई बताए ।
प्यालेस्टिनी लडाकू समूह हमासले दोहामा वार्ताकारहरू पठाउने कि नगर्ने बताएको छैन । हमासका एक अधिकारीले आफ्नो नाम न छाप्ने सर्तमा एएफपीलाई भने, “मध्यस्थ कर्ताहरूसँगको वार्ता जारी छ ।”-एएफपी


