शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अवसर पाएर पनि विभेद महसुस गरेका नेपाली महिलाहरू

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
छोरीलाई दाइजो हैन शिक्षा, आफ्नै भनाइ कार्यान्वयन गर्ने ठाउँमा ओली !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 –जानकी पाण्डे
 व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका तीनवटै निकायहरुमा नेपालले महिला नेतृत्व पाइसकेको छ । व्यवस्थापिकातर्फ विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति बनिन् भने माओवादीकी ओनसरी घर्ती सभामुख बनिन् । सुशीला कार्कीले प्रधानन्यायाधीश बन्दै न्यायपालिकाको नेतृत्व लिएकी थिइन् । अहिले निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिवमा महिला अर्थात् लीलादेवी गड्तौलाले नेतृत्व गर्दै आएकी छन् । त्यसैले नेपालका उच्च पदहरुमा महिलाको प्रतिनिधित्व भइसकेको छ । तर के यी पदहरुमा महिलाले नेतृत्व गर्नु नै ठूलो उपलब्धि हो त ? देशका लागि पुरुषभन्दा फरक के गरे यी तीन महिलाले ? अझ खासगरी विभेदमा परेका महिलाहरुका लागि यी तीनैजना महिलाको भूमिका कस्तो रह्यो ? उनीहरु जुन संघर्ष र चुनौतीबाट ती सर्वोच्च पदमा पुगे, अन्य महिलालाई पनि त्यो पदसम्म पुग्ने अवस्था बनाउन के काम गरे ? समग्र नेपाली महिलाको अवस्था सुधारमा के खास काम गरे ? यो समीक्षाको विषय हो । महिलाको विकासका लागि नेपाली संविधानले उत्साहजनक व्यवस्था गरे पनि विकासका मूलधारमा धेरै महिला पछाडि परेका छन् । उनीहरूको पहिचान, पहुँच, प्रतिनिधित्वको अर्थपूर्ण सुनिश्चितता हुन सकिरहेको छैन । महिलाहरूको उपस्थितिलाई कानुनीरूपमा मान्यता प्रदान गरिए पनि समाजमा पुरूष तथा महिलाको भूमिका, कार्यव्यवहार, अधिकार आदि परम्परादेखि नै सीमांकित छन् । गराइएका सहभागिता पनि कोरम पु¥याउने हिसाबमा राखिन्छ । फलस्वरूप नीतिगत, कानुनी र व्यावहारिक प्रयासका बाबाजुद पनि आशातीत उपलब्धि हासिल हुन सकेको छैन । यद्यपि, हरेक क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ, यो सकारात्मक पाटो मान्न सकिन्छ । तर उनीहरुको सहभागिता गुणात्मक बन्न भने आवश्यक छ । माथि उल्लिखित तीन पात्रकै कुरा गरौं, नेतृत्वदायी भूमिकामा भए पनि उनीहरुको कार्यकाल भने महिला वर्गका लागि खासै उपलब्धि बन्न सकेन । त्यसैले नेतृत्वमा पुगेका महिलाहरुले अब गुनासो मात्र गर्ने छूट छैन । उनीहरुलाई आफ्नो पदको जिम्मेवारीसँगै समग्र महिलाको उत्थानका लागि प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्ने पनि चुनौती छ । सरकारले पनि केही प्रतिनिधि पात्र बाहेक वास्तविक लक्षित महिलाहरूलाई विकासका हरेक क्रियाकलापमा सहभागी बनाउन अति आवश्यक छ । महिलाको आर्थिक हैसियत, शिक्षा, चेतना र आत्मसुरक्षालाई बलियो बनाउन केन्द्र, प्रदेश तथा स्थानीय सरकारले प्रभावकारी कार्यक्रम ल्याउनु जरुरी छ । देशको आधा जनसंख्या ओगट्ने महिलाको अवस्था पुरुषको तुलनामा कमजोर छ । समाजले निरन्तरता दिइरहेका पुरातन मूल्य–मान्यता, सोच र कुरीतिका कारण बहुसंख्यक महिलाको अवस्था अझै पनि दयनीय छ । इतिहासको कालखण्डलाई हेर्ने हो भने हरेक क्षेत्रमा नेपाली महिलाको योेगदान निकै छ, र पनि महिलाको वास्तविक जीवन जस्ताको तस्तै छ । नेपालमा महिलाहरूमाथि सामाजिक, धार्मिक, सांस्कृतिक विकृति, विसंगतिहरूको थाती नै छ । यसको न्यायिक निराकरणको प्रयास न्यून मात्रामा भएको देखिन्छ । यो भन्नुको कारण फेरि सबै कुरा गलत देखाउनका लागि होइन, भएका प्रयासमा इमान्दारिताको अभाव खड्किएको छ । हाम्रो इतिहास हेर्दा नालापानीको युद्धमा होस्, योगमाया न्यौपानेले नेतृत्व गरेको जल समाधि विद्रोहमा होस् वा विराटनगर जुटमिल काण्डमा होस्, महिलाहरुले सधैं सशक्त नेतृत्व प्रदान गरेका छन् । यसले प्रष्ट पार्छ, विश्वका धेरै मुलुकमा महिलाहरु राजनीतिमा आई नेतृत्व गर्ने भनेर चर्चा मात्रै हुँदै गर्दा नेपालमा भने महिलाहरु राजनीतिक मैदानमै थिए । नेपाली राजनीतिमा महिला सहभागिता बढेको जो–कोहीले देख्न सक्छ । तर, त्यस पछाडि कस्ता वास्तविकताहरु लुकेका छन् त भनेर पनि नियाल्नुपर्ने हुन्छ । तसर्थ, विश्वलाई नै नेतृत्व गर्ने इतिहास बोकेका हामी नेपाली महिलाले अब फेरि महिला राजनीतिमा एकचोटि विश्वलाई नै नेतृत्व गर्ने बेला आएको छ । अब पार्टीहरुले कोटा पु¥याउन मात्रै महिलाहरुलाई राजनीतिमा सहभागी गराउने हैन, महिलाहरुको नेतृत्व क्षमतालाई मौलाउन सक्ने वातावरण संगठनभित्र र बाहिर तयार पार्न आवश्यक छ । यसका साथै, हामी सबै नेपालीको समृद्धिमा महिलाको बराबरको योगदान र बराबरको अधिकार हुनुपर्नेमा दुई मत नहोला । महिलाको नेतृत्वको आवश्यकता किन औंल्याइएको हो भने महिलाको पीडा महिला बाहेक अरुले बुझ्न गाह्रै पर्छ । देश, राजनीति, समाज र परिवारमा सबैभन्दा धेरै योगदान दिने महिला भने सधैं पछाडि परिरहेका छन् । उनीहरुको वास्तविक अवस्था बझुेर सुधार ल्याउन पनि महिलाको नेतृत्व नै अत्यावश्यक छ । साथै अवसर पाएका महिला नेतृहरुले पनि आफ्नो कार्यकाल गुनासो गरेर वा आफूलाई विभेद भएको महसुस गरेर बिताउने होइन । नेतृत्वमा रहँदा आफूमाथि परेका समस्यालाई सार्वजनिक गरेर, सशक्त आवाज उठाएर र स्मरणीय काम गरेर समग्र महिलालाई प्रेरणा दिन आवश्यक छ ।(लेखक अधिवक्ता हुनुहुन्छ)

यो पनि पढ्नुहोस्

संकटमा आरन व्यवसायी

संकटमा आरन व्यवसायी

३ हप्ता अगाडि
भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

भूमि–विहीन नागरिकको समस्या सम्बोधन गर्न ध्यानाकर्षण

१ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक