काठमाडौं । संघीय संसद् भवनभित्र ‘नक्कली भुटानी शरनार्थीलाई कारबाही गर’ भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरुले ‘नक्कली भुटानी शरणार्थी, सहकारी ठगी र गिरीबन्धुका नाइकेहरुलाई कारबाही गर’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रहरीले प्रदर्शनमा संलग्न अछामका दीपक देवकोटालाई नियन्त्रणमा लिएको छ । उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ ।