काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ सरकारलाई नजिकबाट नियालिरहेको जनाएका छन् ।
मङ्गलवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकारको सुरुवाती संकेतलाई जनताले मूल्याङ्कन गरिरहेको भन्दै पार्टीले पनि नजिकबाट नियालिरहेको जनाएका हुन् ।
उनले छिट्टै पार्टीका तर्फबाट सरकारको कामकारबाहीका बारेमा धारणा सार्वजनिक गर्ने जिकिर गरे ।
लामिछानले विद्युत् प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्नेमा कुनै दुइमत नरहेको समेत जनाए ।