शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सद्भावयुक्त, हिंसामुक्त र लोकतान्त्रिक मार्गमा योगदान गर्न आग्रह गर्दै प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
सुन र सहकारी प्रकरणः सौदावाजीको घिनलाग्दो राजनीतिको निन्दा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सद्भावयुक्त, हिंसामुक्त र लोकतान्त्रिक मार्गमा योगदान गर्न आग्रह गर्दै प्रदर्शन बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भइरहेको आक्रमण र अत्याचार तत्काल बन्द गर्न लगायतका विषयमा ध्यानाकर्षण गराउँदै नेपालस्थित बंगलादेशी राजदुतावास अगाडि प्रदर्शन भएको छ ।

२०८१ साउन २८ गते दिउँसो मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाण्डौ बसुन्धारास्थित बंगलादेशी राजदुतावास अगाडि आधा घण्टा प्रदर्शन गरेको हो । प्रदर्शनमा मानव अधिकार उल्लंघनका घटनामा निष्पक्ष छानविन गरि दोषीलाई कारबाही गर, शान्ति र सद्भाव कायम गर, अल्पसंख्यक समुदायमाथि आक्रमण र अत्याचार बन्द गर, सद्भाव बिथोल्नेलाई दण्डित गर, स्वतन्त्र निष्पक्ष निर्वाचनमार्फत लोकतन्त्रको रक्षा गर, बंगलादेश स्वतन्त्रता बिरोधी कट्टरपन्थीहरुको कृडास्थल नबनोस, बंगलादेशः उदार लोकतान्त्रिक धारा अवलम्वन गर, अल्पसंख्यकको सुरक्षा गर लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । प्रदर्शन पश्चात शान्ति समाजका तर्फबाट बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद यूनुसलाई लेखिएको ज्ञापनपत्र नेपालस्थित बंगलादेशी राजदुत सलाहुद्धिन चौधरीलाई हस्तान्तरण गरिएको थियो ।

पत्रमा–हालै बंगलादेशमा भएको आन्दोलनको परिणाम स्वरुप गठित अन्तरिम सरकारले घृणा र प्रतिशोधको दुष्चक्रबाट बंगलादेशलाई मुक्त राख्दै सद्भावयुक्त, हिंसामुक्त र लोकतान्त्रिक मार्गमा योगदान गर्न र आन्दोलनका दौरान भएका मानव अधिकार उल्लंघनका जघन्य घटनाको निष्पक्ष छानविन गरि दोषीहरुलाई कारबाही सुनिश्चित गर्न आग्रह गरिएको छ । अहिले पनि बंगलादेशमा हिंसा र अराजकता नरोकिएको घटनाप्रति चिन्ता व्यक्त गर्दै सद्भाव बिथोल्ने र अल्पसंख्यकहरु माथिको आक्रमणका घटनाको निन्दा गरिएको छ । अल्पसंख्यकहरुमाथि भइरहेको आक्रमण र अत्याचार शिघ्र रोक्न, अल्पसंख्यक लगायत सबै बंगलादेशी नागरिकहरुको सुरक्षाको प्रत्याभूति गर्न र शान्ति एवं सद्भाव कायम गर्ने दिशामा ठोस कदम चाल्न शान्ति समाजका तर्फबाट अन्तरिम सरकारलाई आग्रह गरिएको छ ।

प्रदर्शनमा शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, महासचिव रेनुका पौडेल, सचिवद्वय रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यद्वय नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाण्डौ शाखा सभापति भगवान पुडासैनी, ललितपुर शाखा सभापति मनबहादुर थापा, अधिकारकर्मीहरु उमा गौतम, रविना धमला, कल्पना थापा, मुना ढुंगाना, बटुकृष्ण ढुंगेल लगायत दर्जनौ अधिकारकर्मीहरुको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

पाँच लाख भारतीय रकमसहित व्यक्ति पक्राउ

पाँच लाख भारतीय रकमसहित व्यक्ति पक्राउ

२ घण्टा अगाडि
निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

गभर्नर नियुक्ति बिरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुग्यो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक