भक्तपुर । भक्तपुर नगरपालिका-४ भुलन्चा डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-९ घर भएका ३० वर्षीय रमेश कार्कीको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब ६ लाख रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।