बिहि, असार ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्ने बामदेवकाे प्रस्ताव

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
एनसेल प्रकरणमा सरकारलाई वामदेव गौतमको ५ बुँदे सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालका सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्ने जनाएका छन् ।  पुष्पलाल स्मृति प्रतिष्ठानले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रस्ताव राखेका हुन् ।

नेता गौतमले मुलुकलाई शक्तिशाली कम्युनिस्ट पार्टी चाहिएकाले त्यसका लागि सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्ने प्रस्ताव आफूले राख्नु परेको उनको भनाई थियो । पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका कम्युनिस्ट पार्टीका नेताहरू सहभागी रहेको सो कार्यक्रममा संयोजक गौतमले कम्युनिस्ट पार्टीहरू फुट्दै जाने कुरामा समाजवाद निर्माण गर्न नसकिने भएकाले पनि सबै कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको जनाए । उनले केही कम्युनिस्ट पार्टीहरूबिच केही भिन्नता भए बसेर हल गर्न सकिने उल्लेख गर्दै समाजवाद निर्माण गर्ने लक्ष्य प्राप्तका लागि पनि सबै कम्युनिस्ट पार्टीहरूबिच एकता भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

संयोजक गौतमले भने, ‘मेरो अनुरोध के छ भने फेरि पनि कम्युनिस्ट पार्टीहरू एकताबद्ध गरौँ । पुष्पलालको जन्म शताब्दी समारोह आयोजना गर्नुको एउटा मुख्य कर्तव्य प्रस्ताव पारित होस् यहाँबाट ।’

भएको पार्टी फुट्दै जाने अनि कसरी क्रान्ति हुन्छ उनले प्रश्न समेत गरे । गौतमले भने, ‘त्यसो भएर म यहाँ प्रस्ताव राख्छु–तपाईंहरुलाई मञ्जुर छ भने अलिखेर तपाईंहरुले उठेर नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्नको निम्ति हामीले आज पुष्पलाल प्रतिष्ठानबाट आयोजना गरिएको यो जन्म शताब्दी कार्यक्रममा एउटा प्रस्ताव पारित गरौँ । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नेछौँ । र एउटै कम्युनिस्ट पार्टी बनाएर समाजवाद निर्माण गर्नेछौँ भनेर एउटा प्रस्ताव तपाईंहरुले पारित गरिदिनुस् ।’

संयोजक गौतमले कम्युनिस्ट पार्टीका नेताहरू जस्तोसुकै मतभेद भएको बेला पनि मिलेर हिँड्ने गरेको भन्दै अब सँगै मिलेर समाजवाद निर्माणका लागि अघि बढ्नुपर्ने बताए । मुलुक बरबादीको दिशामा जाने भएकाले पनि सबै कम्युनिस्ट पार्टीहरूले मिलेर मुलुकलाई जोगाउनुपर्ने उनले जनाए ।

यो पनि पढ्नुहोस्

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

१० घण्टा अगाडि
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश जारी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

सेयर बजारकाे सबै सूचक घट्याे

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक