शनि, असार ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

बागमती प्रदेशमा कांग्रेसका नवनियुक्त चार मन्त्रीको शपथ स्थगित

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
बागमती प्रदेशमा कांग्रेसका नवनियुक्त चार मन्त्रीको शपथ स्थगित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौंडा । बागमती प्रदेशमा कांग्रेसका नवनियुक्त चार मन्त्रीको शपथ स्थगित भएको छ ।

मन्त्री नियुक्तिको विषयमा कांग्रेसभित्रको विवाद र नेकपा एमालेको असहमतिले बिहीबार साँझ सवा ५ बजेलाई तय भएको मन्त्रीहरूको शपथ स्थगित भएको मुख्यमन्त्री बहादुरसिं लामाले जानकारी दिए ।

मुख्यमन्त्री लामाले बिहीबार आफ्नो दल कांग्रेसबाट प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी मन्त्री नियुक्त गरेका थिए । प्रभातलाई आर्थिक मामिला तथा योजना, सुरजचन्द्रलाई आन्तरिक मामिला तथा कानुन, मीनकृष्णलाई युवा तथा खेलकुद र बिमललाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बुधबार मन्त्री नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेसबाट बुधबार नै मन्त्री भएका मदुकुमार श्रेष्ठले भने मन्त्रालय पाएका छैनन् ।

कांग्रेसबाट नवनियुक्त सामाजिक विकासमन्त्री कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालय मागेका छन् । काफ्लेले यसअघि भाैतिक पूर्वाधार मन्त्रालय मागेका थिए ।

कांग्रेसले पहिला लगाइसकेकाे भागबण्डा परिवर्तन गरी भाैतिक पूर्वाधार मन्त्रालय एमालेलाई दिएर आर्थिक मामिला मन्त्रालय लिएकाे थियाे । आफूलाई सामाजिक विकास मन्त्रालय नियुक्त गरेकाे खबरपछि काफ्ले प्रदेश प्रमुख कार्यालयमै आएर मुख्यमन्त्री लामासँग असन्तुष्टि पाेखेका थिए । उनले आधा घण्टा भन्दा बढी समय लामासँग वार्ता गरेर भर्खरै प्रदेश प्रमुख कार्यालयबाट निस्किएका छन् । वार्ता सकारात्मक नभएकाे बुझिएकाे छ ।

यसैगरी मुख्यमन्त्री लामाले सल्लाह नगरी मन्त्री थपेकाे भन्दै एमालेले असहमति राखेकाे छ । शपथ कार्यक्रमकै लागि प्रदेश प्रमुख कार्यालय आएका एमाले दलका नेता जगन्नाथ थपलियाले मन्त्री थप्ने एकल निर्णयप्रति असहमति राख्दै बाहिरिएका थिए ।

एमालेले मन्त्रालय फुटाएर मन्त्रालय संख्या बढाउन नदिनेबारे लामालाई थपलियाले स्पष्ट पारेकाे छलफलमा सहभागी स्राेतले भन्याे ।

मुख्यमन्त्री लामाले आफ्नै दल कांग्रेसका तर्फबाट चार मन्त्री नियुक्त गरेकाे पत्र लिएर शपथ अघि मात्रै प्रदेश प्रमुख कार्यालयमा आएका थिए ।

१४ सदस्यीय मन्त्रिपरिषद्‌मा एमालेबाट प्रकाश श्रेष्ठ कृषि, अमनकुमार मास्के भौतिक पूर्वाधार, किरण थापा मगर स्वास्थ्य, कृष्णप्रसाद सिलवाल वन, प्रेमभक्त महर्जन श्रम रोजगार र शुकमाया तामाङ उद्योगमन्त्री छन् ।

यो पनि पढ्नुहोस्

रविविरुद्ध तीन कसूरमा मुद्दा दर्ता

रवि लामिछानेकाे यस्ताे छ अपील

१४ घण्टा अगाडि
आज पनि संसद्‍मा रास्वपा र राप्रपाकाे अवरोध

आज पनि संसद्‍मा रास्वपा र राप्रपाकाे अवरोध

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

नेपाल अन्तिम खेलमा स्कटल्याण्डसँग हार

आज पनि संसद्‍मा रास्वपा र राप्रपाकाे अवरोध

प्रतिनिधिसभाको बैठक सुरु

गेग्रान हटाउने नाममा चोभार गल्छीको पुरातात्त्विक महत्त्व नष्ट हुने आशंका

प्रमबाट ग्वार्को चोकमा ‘ओभर पास’ उद्घाटन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक