काठमाडौं । झापा, अर्जुनधारा नगरपालिका-१ सिस्नेस्थित धान खेतमा सोही नगरपालिका-१ स्थित भिनाजुको घरमा बस्ने इलाम माई नगरपालिका-३ घर भएका ४५ वर्षीय टिका बहादुर लावती बुधबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दिया, गुलरिया नगरपालिका-१ गाउँ नम्बर १४ बस्ने ३१ वर्षीया रन्जिता थारू आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-१५ बुबैराखे बस्ने ३६ वर्षीय नरसिंह बिसी आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर, बागमती गाउँपालिका-५ बगेरीस्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।