काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।
बिहीबार बसेको बैंकको संचालक समितिको निर्यणअनुसार रेग्मी प्रमुख कार्यकारी अधिकृतमा भाद्र १ गतेदेखि लागू हुनेगरी नियुक्त भएका हुन् । रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।
करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । रेग्मी बैंकको ग्लोबल आइएमई बैंककै सिनियर डेपुटी सिईओ पदमा कार्यरत थिए ।
हाल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल साउन मसान्तमा सकिने छ । बज्राचार्यको कार्यकाल सकिएपछि नवनियुक्त सिईओ रेग्मीले भदौ १ गतेदेखि आफ्नो जिम्मेवारी सम्हालेनछन् ।