बिहि, असार ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सकारको गलत कामलाई सही भनेर अगाडि बढ्न नसकिने

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
सकारको गलत कामलाई सही भनेर अगाडि बढ्न नसकिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले कांग्रेस–एमाले गठबन्धन सरकार निरङ्कुश बन्ने डर बढेको जनाएका छन् ।

मंगलबार नेपाल प्रेस युनियनले आयोजना गरेको संविधान संशोधन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई ठूला दल एक ठाउँमा उभिँदा निरङ्कुशता जन्मिने डर रहेको बताउँदै निरन्तर खबरदारी गर्न मिडियाहरुलाई आग्रह गरेका हुन् । कांग्रेस सत्तापक्षमा रहेको भएपनि सरकारले गर्ने गलत कामप्रति खबरदारी गर्ने पनि उनले जनाए । नेता कोइरालाले सकारको गलत कामलाई सही भनेर अगाडि बढ्न नसकिने जनाए ।

‘हामीहरु दुईवटा ठूला दल एक ठाउँमा उभिएका छौं । त्यो दुईवटा ठूला दल एक ठाउँमा उभिँदाखेरी कतै निरङ्कुशता त जन्मिँदैन भन्ने हामीहरुलाई डर चाहीँ छ । त्यो निरङ्कुशताबाट बचाउनका लागि पनि मिडियाका साथीहरुले अग्रणी भूमिका खेल्नुपर्छ ।’ उनले भने,‘हामीहरुले कुनै पनि गलत काम, कमीकमजोरी गर्न थाल्यौं भने तपाईँहरुले खबरदारी गर्नुपर्छ । हामी सत्तापक्षमा छौं । गलत कामलाई सही भन्न सक्दैनौं हामी । गलतलाई गलत र सहीलाई सही भनेर हामी अगाडि बढ्छौं । हामी संसद्मा खबरदारी गर्छौं ।’

साथै, उनले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले मिश्रित प्रणालीमा राजनीतिक स्थायित्व नभइ देश विकास नहुने र देश राजनीतिक स्थायित्वको लागि मिश्रित निर्वाचन प्रणाली बाधक रहेको बताउँदै उनले समानुपातिक समावेशिताको मर्मलाई कुनै पनि आघात नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने जनाए ।

त्यस्तै, न्याय पालिकामा पनि संशोधन आवश्यक रहेको उनको भनाइ छ । उनले प्रधानन्यायाधीश संवैधानिक परिषद्मा रहने कुरालाई नेपाल बार एशोसिएशनले समेत प्रश्न उठाएको भन्दै त्यसतर्फ पनि सोच्न जरुरी रहेको जनाए । संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुसँग सहमति गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

‘संविधान संशोधन गर्दा संसद्भित्रका सबै राजनीतिक दलहरुसित सहमति गरेर नै अगाडि बढ्नुपर्छ । हामीसित दुई तिहाइ बहुमत छ भनेर दम्भ गरेर संविधान संशोधन गर्न हुँदैन । राजनीतिक दलहरुबाहेक नागरिक समाज, बु्द्धिजीबी, पत्रकार सबैसँग सुझाव लिएर अगाडि जान सकियो भने राजनीतिक स्थायित्व, सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउन सक्छौं,’– उनले भने ।

यो पनि पढ्नुहोस्

सुनचाँदीको आन्दोलन स्थगित

सुनचाँदीको आन्दोलन स्थगित

११ घण्टा अगाडि
आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

सेयर बजारकाे सबै सूचक घट्याे

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक