बिहि, जेष्ठ ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

अमेरिकी सेक्रेट सर्भिस प्रमुख चेट्लीले पदबाट राजिनामा दिइन

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
अमेरिकी सेक्रेट सर्भिस प्रमुख चेट्लीले पदबाट राजिनामा दिइन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकी सेक्रेट सर्भिस प्रमुख किम्बर्ली चेट्लीले आफ्नो पदबाट राजिनामा दिएकी छिन्। पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका आगामी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पको हत्या प्रयासमा उनीमाथि गोली चलेपछि  सेक्रेट सर्भिस प्रमुखको चौतर्फी आलोचना भएको थियो भने उनको राजिनामा मागिएको थियो।

अमेरिकामा ठूला नेताहरुको सुरक्षाको जिम्मेवारी बोकेको गुप्तचर निकायका रुपमा रहेको सेक्रेट सर्भिस प्रमुखमाथि ट्रम्पको सुरक्षामा लापरवाही गरेको आरोप लागेको थियो। साथै संसदहरुले उनको राजिनामा माग गरेका थिए। पछिल्लो समय विपक्षी मात्र नभइ सत्ता पक्षले पनि उनको आलोचना गरिरहेका थिए।

उनको केही समय अघि चर्को आलोचना भएपछि आफूले पदबाट राजिनामा दिन लागेको जानकारी गराएकी हुन्। उनले सहकर्मीलाई लेखेको पत्रमा आफूले राजिनामा दिन लागेको उल्लेख गरेकी छिन्। उनले छानवीनको महत्वपूर्ण कार्यहरु प्रकृयामा रहँदानै यसबाट अन्यत्र ध्यान भड्काउने प्रयास भएको भन्दै आफूले राजिनामा दिन लागेको जनाएकी छिन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुका अनुसार उनले पत्रमा आफ्नो मुख्य कर्तव्य राष्ट्रका नेताहरुको सुरक्षा गर्नु भएको तर उक्त जिम्मेवारीमा कमजोरी भएको  स्विकार गरेकी छिन्। उनले सुरक्षा सम्बन्धी गल्तीका कारण १३ जुलाईमा डोनाल्ड ट्रम्पको र्यालीमा उनीमाथि गोली प्रहार भएको उल्लेख गरेकी छिन्।

उनले महत्वपूर्ण मिसनमा ध्यान अन्यत्र मोड्न आफ्नो राजिनामा मागिएको दाबि गरेकी छिन्। उनले लेखेको पत्रमा भनिएको छ ‘हाम्रो महत्वपूर्ण मिशनका लागि तपाँइसबैले गरेको मिहिनेत र ध्यान भड्काउने प्रयास भएको छ।’

त्यस्तै उनले हरसमय सेवानै प्राथमिक्ता हुनु पर्ने भएकाले त्यसमा ध्यान नभड्कियोस भनेर राजिनामा दिन लागेको उल्लेख गरेकी छिन्। उनले भारी मनका साथ कठिन निर्णय गरेको उल्लेख गरेकी छिन्। उनले सहकर्मी साथीहरुलाई समेत धन्यवाद दिएकी छिन्।

सेक्रेट सर्भिससँग रुष्ट भएका अमेरिकी सांसदहरुले अमेरिकाको संघीय अनुसन्धान विभाग (एफबीआई) प्रमुखलाई पनि संसदीय सुनुवाइमा बोलाएका छन्। उनीहरुले एफबीआइ प्रमुखको समेत राजिनामा माग्ने तयारी गरेका छन्।

यो पनि पढ्नुहोस्

अहमदाबाद विमान दुर्घटनामा  ५२ बेलायती रहेकाे पुष्टि

अहमदाबाद विमान दुर्घटनामा ५२ बेलायती रहेकाे पुष्टि

३ घण्टा अगाडि
भारतीय तस्कर पक्राउ

भारतीय तस्कर पक्राउ

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति

नेपाललाई ग्रे लिस्टमा फसाइराख्ने खेल !

भिजिट भिसा प्रकरणमा उठाएका विषयलाई निष्कर्षमा नपुर्‍याइ नछाड्ने

पाँच जनामा कोरोना संक्रमण पुष्टि

पोखरामा दुई वटा  प्याराग्लाइडिङ दुर्घटना

अहमदावाद विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री सवार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक