बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सगरमाथा चढ्ने विदेशी पर्यटकको शुल्क वृद्धि

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
हिमाल आरोहणका लागि परमिट जारी

Asia, Nepal, Himalayas, Sagarmatha National Park, Solu Khumbu Everest Region, climbers walking below Nuptse making their way to camp 2 on Mt Everest

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकका लागि शुल्क बढाइएको छ। गाउँपालिकाले विश्वकै अग्लो सगरमाथासमेत रहेको यो क्षेत्रमा विदेशी पर्यटकको शुल्क वृद्धि गरेको हो।

गाउँपालिकाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) लाई पत्र लेखेर शुल्क वृद्धिको जानकारी पनि गराएको छ। वृद्धि भएको शुल्कअनुसार सार्क मुलुक र चीनबाट आउने पर्यटकले दुई हजार रुपैयाँ बुझाउनुपर्नेछ। त्यस्तै अन्य विदेशी नागरिकले तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ।

कूटनीतिक विशिष्ट व्यक्ति र १० वर्षमुनिका बालबालिकालाई भने कागजातकाका आधारमा नि:शुल्क प्रवेश दिइने गाउँपालिकाले जनाएको छ। यसअघि चार साताको दुई हजार र चार साताभन्दा धेरै समयका लागि दुई हजार रुपैयाँ शुल्क लाग्ने गर्थ्यो। योबाहेक त्यहाँ जाने पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्जलाई पनि प्रतिव्यक्ति तीन हजार रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ। टानका वरिष्ठ उपाध्यक्ष कृष्ण दाहालले पर्यटकको प्रवेश शुल्क बढेको जानकारी गाउँपालिकाले गराएको जनाए ।

‘गाउँपालिकाले टानलाई पनि पत्र पठाएर शुल्क बढाएको जानकारी गराएको छ,’ उनले भने, ‘गाउँपालिकाको निर्णयअनुसार यो शुल्क आर्थिक वर्ष २०८१/०८२ का लागि निर्धारण भएको हो। टानले पनि आफ्ना सदस्य संस्थाहरूलाई यसबारे जानकारी गराइसकेको छ।’ गाउँपालिकाकी उपाध्यक्ष टासी ल्हमु शेर्पाले पर्यटनका पूर्वाधारहरू बढाउन र संरक्षण गर्न स्रोत बढाउन शुल्क बढाइएको जनाइन्।

‘हाम्रो त्यहाँको पूर्वाधार विकास र संरक्षणका लागि संघ सरकारबाट खासै बजेट आउँदैन,’ उनले भनिन्, ‘हामीले आफैँ स्रोत सुनिश्चित गर्नका लागि पर्यटकको प्रवेश शुल्क बढाउने निर्णय गरेका हौँ। गाउँकार्यपालिकाको बैठकले यो प्रस्ताव गाउँसभामा पेस गरेर पारित गरेर सम्बन्धित क्षेत्रमा जानकारी पनि गराइसकेका छौँ।’

यो पनि पढ्नुहोस्

चितवनलाई पर्यटकीय राजधानी वनाउन माग

चितवनलाई पर्यटकीय राजधानी वनाउन माग

२ महिना अगाडि
राती १० बजेपछि होटल बन्द गर्ने सरकारी नीति : पर्यटनमैत्री कि पर्यटनविरोधी ?

राती १० बजेपछि होटल बन्द गर्ने सरकारी नीति : पर्यटनमैत्री कि पर्यटनविरोधी ?

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक