पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू राष्ट्रपति भएकाे भए रुस युक्रेन युद्ध कहिल्यै सुरु नहुने दावी गरेका छन्। रिपब्लिकन पार्टीको चारदिने अधिवेशनमा बोल्दै उनले यस्ताे दावी गरेका हुन्।
ट्रम्पले युक्रेन–रुस युद्ध र इजरायलमा जारी युद्धलाई लिएर वर्तमान सरकारलाई निशाना बनाएका थिए।
उनले आगामी चार महिनामा रिपब्लिकन पार्टीले अतुलनीय जित हासिल गर्ने पनि दावी गरे।
ट्रम्पले रिपब्लिकन पार्टीले जित हासिल गरी अमेरिकी इतिहासको सबैभन्दा ठूलो चार वर्षको सुरुवात गर्ने बताए।
उनले वर्तमान सरकारले सृजना गरेका सबै अन्तर्राष्ट्रिय समस्यालाई हटाउने पनि जिकिर गरे।
डोनाल्ड ट्रम्पले कोरी कम्प्यारेटरलाई श्रद्धाञ्जलि अर्पण गरेका थिए। ट्रम्पमाथि हमलाको क्रममा कम्प्यारेटर मारिएका थिए।