आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

युएसएडको नेपाललाई २४ वर्षमा २ खर्ब सहयोग

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
युएसएडको नेपाललाई २४ वर्षमा २ खर्ब सहयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काडमाडौँ / संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा एक खर्ब ९६ अर्ब सहयोग गरेको छ ।

युएसएडले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिकाको शसक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चारका क्षेत्रमा डेढ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरेको जनाएको छ ।

सन् २०२३ मा स्वास्थ्य, शिक्षा, र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पु¥याएको र थप ५० लाख महिला माझ अप्रत्यक्ष रुपमा आमसञ्चार माध्यमका अभियानलगायत गतिविधि पुगेको युएसएडको तथ्याङ्क छ ।

युएसएडद्वारा बिहीबार आयोजित अन्तरक्रियामा कार्यवाहक मिसन निर्देशक बेथ होगनले युएसएडले नेपाल र नेपाली जनतासँग सात दशक लामो साझेदारीका क्रममा गरिएका सहयोग र योगदानबारे जानकारी गराउनुभएको थियो । साथै उहाँले नेपाल सरकारको आवश्यकता र प्राथमिकताअनुसार युएसएडले अनुदान सहयोग पु(याउँदै आएको उल्लेख गरे।

युएसएड अन्तर्राष्ट्रिय विकासको नेतृत्व गर्ने अमेरिकाको सरकारी निकाय हो । युएसएडले नेपाललगायत सयभन्दा बढी मुलुकमा काम गर्दछ । युएसएड र नेपालबीचको साझेदारी ६३ वर्षभन्दा लामो छ ।

युएसएडको सुरुवाती दिनदेखिको सहयोगका कारण दक्षिणी तराई क्षेत्रबाट मलेरिया उन्मूलन भएको, कुनै समय बसोबास गर्न नसकिने मुलुकका भूभागमा कृषि फस्टाउन योग्य भएको, साक्षरता बढेको, औसत आयु दोब्बर भएको, बाल मृत्युदर उल्लेखनीय रुपमा घटेको, शान्ति र लोकतन्त्रमा सहजीकरण भएको र कोभिड–१९ सङ्कटको समयमा खोप, आवश्यक सामग्री र प्राविधिक सहायता प्राप्त भएको युएसएडले जनाएको छ ।

युएसएडको नेपालस्थित कार्यालयका विभिन्न विभागीय अधिकारीहरुका अनुसार युएसएडले सन् २०२३ मा नेपालमा पाँच वर्ष मुनिका ११ लाखभन्दा बढी बालबालिकालाई पोषणसम्बन्धी कार्यक्रममार्फत सहयोग गरेको, बाल विवाह र बालबालिकाको जबरजस्ती हुने विवाह कम गर्न र बालिकाका लागि शिक्षा प्रवद्र्धन गर्न दुई हजारभन्दा बढी सामुदायिक अगुवा तथा सरोकारवालाहरु समाधानका उपायमा संलग्न भएका थिए ।

यसै अवधिमा युएसएडको सहयोगमा किसान र उद्यमीले छ करोड ३० लाख अमेरिकी डलर मूल्यको कृषि उत्पादनको बिक्री गर्न सफल भएको जनाईएको छ ।

एक करोड २४ लाख व्यक्तिलाई मतदाता र नागरिक शिक्षा प्राप्ति गर्न सहयोग गरेको, नेपाल सरकारलाई दुई अर्ब ४० करोड अमेरिकी डलर मूल्य बराबरको एक हजार दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने जलविद्युत् परियोजनालाई अन्तिम रुप दिन मद्दत गरिरहेको युएसएडले जनाएको छ ।

कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भीले द्विपक्षीय सम्बन्ध र सहयोगबारे धारणा व्यक्त गरेका थिए। यसैगरी युएसएड नेपालका लैङ्गिक तथा समावेशी विकास सल्लाहकार मञ्जु तुलाधर, विकास कार्यक्रम विशेषज्ञद्वय सुजन पिया र विश्वास राणा, ऊर्जा विशेषज्ञ शंकर खागी,

शिक्षा विशेषज्ञ राजकुमार दुलाल, वरिष्ठ स्वास्थ्य सल्लाहकार जगनाथ शर्मा, प्राप्ति तथा सहायता विशेषज्ञद्वय चेतना घिमिरे र तेजेन्द्र पौडेल, वित्तीय विश्लेषक टेक पाण्डे, प्रमुख लेखापाल अपेक्षा श्रेष्ठलगायतले युएसएडले नेपालमा गरिरहेको सहयोग र सञ्चालित परियोजना बारे जानकारी दिए।

यो पनि पढ्नुहोस्

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

२ दिन अगाडि
तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा

तरकारीमा मिठो जिरा, लागु पदार्थ सेवन गर्नेहरुको मुखमा किरा

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक