बिहि, असार २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

देश पश्चगमनतर्फ गएको निष्कर्ष : समाजवादी मोर्चा

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 mins read
0
देश पश्चगमनतर्फ गएको निष्कर्ष : समाजवादी मोर्चा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । समाजवादी मोर्चाले देश पश्चगमनतर्फ गएको निष्कर्ष निकालेका छन् ।

मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा झण्डै तीन घण्टा लामो बसेको बैठकले कांग्रेस–एमालेको समीकरणबाट प्रतिगमनको खतरा रहेको निष्कर्ष निकालेको हो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल मोर्चाबाट अलग भएपछि नेपाल समाजवादी पार्टी(नेसपा)का विद्रोही यादव समूहलाई भित्र्याइएको छ ।

बैठकले पछिल्लो राष्ट्रिय राजनीतिमा देखिएको घटनाक्रममालाई समीक्षा गरी १५ दिनभित्र दस्ताबेज पेस गर्न चार दलीय कार्यदल गठन गरेको छ । कार्यदलमा माओवादीका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका नेता प्रमेश हमाल, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ रहेका छन् ।

कार्यदलले  समीक्षात्मक दस्ताबेज पेस गरेपछि १५ दिनमा बैठक बसेर मोर्चाको तत्कालीन र दीर्घकालीन कार्यक्रम ल्याउने मोर्चाका कार्यदल सदस्य विश्वकर्माले जानकारी दिए । ‘बैठकमा पछिल्लो विकसित राष्ट्रिय राजनीतिबारे गम्भीर छलफल भयो । १५ दिनभित्र समीक्षात्मक दस्ताबेज पेस गर्न चार सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलले राजनीतिक दस्ताबेज पेस गरेपछि मोर्चाको आगामी कार्यक्रम सार्वजनिक गर्नेछ’, विश्वकर्माले भने ।

मोर्चाको बैठकमा निवर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रम, कांग्रेस–एमालेको समीकरण, सरकार ढल्नुको कारणबारे पुरानै कुरा दोहोर्‍याएको नेसपाका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए । यद्यपि बैठकमा राष्ट्रिय राजनीतिको वर्तमान अवस्था र भावी रणनीतिबारे गम्भीर समीक्षा भएको बताए ।

‘सरकारबाहिर रहेका राजनीतिक दलहरूसँग मिलेर संसद्मा प्रभावकारी भूमिका खेल्ने निर्णय भएको छ । अर्को वामपन्थी, देशभक्त शक्तिहरूबिच मोर्चाबन्दी गरेर प्रतिगमनविरुद्ध सडक संघर्ष गर्ने निर्णय भएको छ । संविधान संशोधन, भ्रष्टाचार, अनिमियताविरुद्ध सशक्त प्रतिरोध गरिने छ । त्यसका लागि १५ दिनभित्र समीक्षात्मक राजनीतिक दस्ताबेज पेस गर्न कार्यदललाई निर्देशन दिएको छ,’ यादवले भने ।

नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले कमि कमजोरीबारे सबैले आत्म समीक्षा गरेको बताए । कांग्रेस एमाले प्रतिगमनतर्फ उन्मुख भएकाले विचार मिल्ने वामपन्थी शक्तिबिच एकता र ध्रुवीकरण गरेर जानेबारे छलफल भएको जानकारी दिए । तर माओवादी, एकीकृत समाजवादी, नेसपा र नेकपाबिच तत्काल पार्टी एकता गर्ने विषयमा कुनै निष्कर्षमा नपुगेको जिकिर गरे । पार्टी एकताको विषयमा आगामी दिनमा छलफल हुने उनको भनाइ थियो ।

‘पहिलो कुरा प्राप्त उपलब्धिको रक्षाका निम्ति मोर्चालाई सशक्त र प्रभावकारी ढंगबाट लैजाने कुरा भयो । अर्को सँगै सहकार्य र काम गर्दै जाँदा एकता गर्ने कुरा आफ्नो ठाउँमा छँदैछ । बैठकमा पार्टी एकता नै गर्ने हिसाबले छलफल भए पनि निष्कर्षमा पुगेका छैनौँ’, श्रेष्ठले भने खासगरी प्रतिगमनविरुद्ध कसरी प्रतिवाद गर्ने भन्नेबारे गम्भीर समीक्षा भएको छ । यसबारे कार्यदलले दस्ताबेज पेस गरेपछि ठोस कार्ययोजनासहित कार्यक्रम बनाउने निर्णय भएको छ ।’

साे बैठकमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो सुझाव प्रचण्डले नमान्दा परिस्थिति बिग्रिएको जनाए । सरकारमा रहँदा महत्त्वपूर्ण राजनीतिक बैठकमा उपेक्षा गरेकोमा पनि उनले गुनासो पोखेका थिए । एमालेका अध्यक्ष केपी ओलीको विश्वास गर्दा समीकरण भत्किएको नेपालले जनाएका थिए ।

‘प्रचण्डजीले ओलीलाई विश्वास गर्नु आफ्नो कमजोरी भएको स्वीकार गर्नुभयो भने आफ्ना धारणा राख्ने क्रममा माधवजीले ओलीलाई विश्वास गर्नुहुँदैन, जुनसुकै बेला धोका दिन सक्छन् भनेर आफूले पटक–पटक सुझाव दिँदा पनि प्रचण्डले नमानेको, सरकारमा रहँदा राजनीतिक छलफलमा आफूलाई बाइपास गरेको भनेर गुनासो गर्नुभयो,’ सहभागी अर्का एक सदस्यले रातोपाटीलाई जनाए ।

अब जे भए पनि संविधान संशोधन, भ्रष्टाचार, अनियमितताको विषयमा एकजुट भएर प्रतिवाद गर्नेमा सबै एकमत रहेको ती सदस्यले जनाए ।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसमा धमाधम कारबाहीमा परे नेताहरु !

१० घण्टा अगाडि
काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

काठमाडौं टावरको निर्माण कार्य नरोक्न आदेश

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक