बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भक्तपुर जिल्ला अदालतले वर्ष दिनमा ३८८१ मुद्दा फछर्यौट

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
भक्तपुर जिल्ला अदालतले वर्ष दिनमा ३८८१ मुद्दा फछर्यौट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । भक्तपुर जिल्ला अदालतमा चालु अवस्थामा रहेका पुराना मुद्दालाई दसैँ सम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभएको छ ।

अदालतमा आयोजित वार्षिक समीक्षा कार्यक्रमका क्रममा उहाँले पुराना मुद्दालाई फर्छ्यौट गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा हप्ताको दुई दिन पुराना मुद्दाका पेशी चढाएर भए पनि पुराना मुद्दा किनारा लगाउने उहाँले बताउनुभएको हो ।

भक्तपुर जिल्ला अदालतमा हाल १८ महिना नाघेका २ वर्ष सम्म अवधिका मुद्दा १७४, २ वर्ष नाघेका २८५ र डीसीएम पूर्वका १३ मुद्दा चालु अवस्थामा रहेका भक्तपुर जिल्ला अदालतका श्रेष्तेदार ऋतवहादुर पुलामी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८० ८१ मा जिम्मेवारी सरेर आएका २५९४ मुद्दा रहेका थिए भने वर्ष भरीमा ५०१२ मुद्दा दर्ता भएका थिए । वर्ष भरीमा जम्मा ७६०६ मुद्दामा ३६८१ फर्छ्यौट गरिएको श्रेष्तेदार पुलामी मगरले बताउनुभयो । उहाँका अनुसार बालबालिका सम्बन्धी मुद्दाको सवालमा भने ४१ वटा लगत रहेकोमा ३३ वटा फर्छ्यौट गरिएको अव बाँकी मुद्दा सङ्ख्या ८ रहेको जसमा एक बालबालिका थुनुवा रहेको समेत उहाँले जानकारी दिनुभएको थियो ।

श्रेष्तेदार पुलामी मगरका अनुसार वर्ष भरीमा सरेर आएका र नयाँ मुद्दा अन्तर्गत देवानी मुद्दा ३९७० रहेकोमा २१८२ वटा यो वर्ष फर्छ्यौट गरिएको यस्तै व्यक्तिवादी फौजदारीमा १८०३ मुद्दा रहेकोमा ७९९ फर्छ्यौट भएको, सरकारवादी फौजदारी मुद्दा सङ्ख्या १७३२ रहेकोमा ६५५ वटा फर्छ्यौट भएका, साथै पुनरावेदन भएर आएका ४० मुद्दामा १२ वटा फर्छ्यौट भएका रिट मार्फत दर्ता भएका निषेधाज्ञा ६१ मा ३३ वटा फर्छ्यौट भएको छ ।

भक्तपुर जिल्ला अदालतमा थुनुवा मुद्दा जम्मा ७२ मुद्दा रहेको र थुनुवा सङ्ख्या भने ८५ रहेको यस्तै निरन्तर सुनुवाइ हुने मुद्दा सङ्ख्या भने लगत ९२ रहेको जसमा ५६ फर्छ्यौट गरी सकिएको बाँकी ३६ रहेको अदालतका सूचना अधिकारी भिमवहादुर पाण्डेले जानकारी दिनुभएको छ । यस्तै विशेष प्रकृतिको निवेदन लगत ६९९ रहेकोमा ६९४ वटा मुद्दा फर्छ्यौट भई सकेको छ भने ५ वटा मुद्दा बाँकी रहेका उहाँले जानकारी दिनुभयो ।

वर्ष भरीमा अदालतले ३८८० मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा भक्तपुर जिल्ला अदालतले ३६८१ मुद्दा फर्छ्यौट गरेको छ जुन ९४.८७ प्रतिशत रहेको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ ।

जिल्ला अदालतको वार्षिक समीक्षा कार्यक्रममा अदालतमा वर्ष भरी उत्कृष्ट रहेका ४ कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।

भक्तपुर जिल्ला अदालतमा हाल ६ वटा इजलास रहेका छन् । जसमा इजलास १ मा माननीय प्रमुख न्यायाधीश वासुदेव न्यौपाने २ नम्वर इजलासमा माननीय न्यायाधीश उपेन्द्रप्रसाद गौतम  ३ नम्वर इजलासमा माननीय न्यायाधीश श्रीप्रसाद संजेल ४ नम्वर इजलासमा  माननीय न्यायाधीश महेन्द्रप्रसाद पोखरेल  ५ नम्वर इजलासमा  माननीय न्यायाधीश रामप्रसाद न्यौपाने  र ६ नम्वर इजलासमा  माननीय न्यायाधीश दुर्गादेवी गुरुङ्ग  रहनुभएको छ । सन्जिब दुलाल

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

१ घण्टा अगाडि
कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता  सम्पन्न

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक