सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बङ्गलादेशमा विद्यार्थीहरूबीच झडप हुँदा १ सय जना घाइते

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
बङ्गलादेशमा विद्यार्थीहरूबीच झडप हुँदा १ सय जना घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ढाका । बङ्गलादेशमा प्रतिद्वन्द्वी विद्यार्थीहरूबीच सोमबार भएको झडपमा कम्तीमा १ सय जना घाइते भएको प्रहरीले जनाएको छ । प्रतिष्ठित सरकारी नोकरीका लागि कोटाको विरोध गरिरहेका प्रदर्शनकारीहरू र सत्तारूढ पार्टीप्रति बफादार विरोधी प्रदर्शनकारीबीच झडप भएको हो ।

कोटाविरोधी सयौँ प्रदर्शनकारी र सत्तारूढ अवामी लिग पार्टीको समर्थन गर्ने विद्यार्थीहरूले ढाका विश्वविद्यालय परिसरमा घन्टौँसम्म झगडा गरेको, ढुङ्गा हानेको, लाठीले लडाइँ गरेको र एकअर्कालाई फलामको रडले पिटेको प्रहरी र प्रत्यक्षदर्शीहरूले बताएका छन् । केहीले चक्कु बोकेका थिए भने अन्यले पेट्रोल बम प्रहार गरेका थिए ।

कोटा प्रणालीले सन् १९७१ मा मुक्ति सङ्ग्रामका वीरहरूका सन्तानलगायत विशिष्ट समूहका लागि कूल लाखौँ सरकारी पदहरूको आधाभन्दा बढी निजामती पदहरू आरक्षित गर्दछ ।

स्थानीय प्रहरी स्टेसन प्रमुख मोस्ताजिरुर रहमानले भन्नुभयो, “उनीहरूले एकअर्कामा लाठी र ढुङ्गा प्रहार गरे ।” प्रहरी निरीक्षक मसुद मियाले भन्नुभयो, “महिलासहित करिब एक सय विद्यार्थी घाइते भएका छन्, उनीहरूलाई अस्पताल लगिएको छ र अझै पनि मानिसहरू अस्पताल आइरहेका छन् ।”

विद्यार्थीहरूले योग्यतामा आधारित प्रणालीको माग गर्दै यसै महिनाको प्रारम्भमा विरोध प्रदर्शन सुरु गरेका थिए । बङ्गलादेशको शीर्ष अदालतले कोटा योजना निलम्बन गरे पनि यो प्रणाली जारी छ ।

कोटाविरोधी प्रदर्शनकारीहरूले हिंसाका लागि सत्तारूढ पार्टीका विद्यार्थीहरू जिम्मेबार रहेको जनाएका छन् । “उनीहरूले हाम्रो शान्तिपूर्ण जुलुसमाथि रड, लाठी र ढुङ्गाले आक्रमण गरे”, कोटाविरोधी प्रदर्शनका राष्ट्रिय संयोजक नाहिद इस्लामले भन्नुभयो, “उनीहरूले हाम्रा महिला प्रदर्शनकारीहरूलाई पिटे, ३० महिलासहित कम्तीमा एक सय ५० विद्यार्थी घाइते भएका छन् र २० जनाको अवस्था चिन्ताजनक छ ।”

आलोचकहरूले यो प्रणालीले प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकारका समर्थक समूहहरूका बालबच्चालाई मात्र लाभ हुने जनाएका छन् ।

व्यापक बहिष्कार र आफ्ना राजनीतिक विरोधीहरूविरुद्ध ठूलो कारवाहीसँगै वास्तविक विपक्षी दलहरूबिनाको निर्वाचनमा छयत्तर वर्षीया हसिनाले जनवरीमा लगातार चौथो कार्यकाल जित्नुभयो ।

हसिनाको अपमानजनक टिप्पणीहरूको विरोधमा हजारौँ विद्यार्थीले आइतबार रातभरदेखि सोमबार बिहानसम्म एक दर्जन विश्वविद्यालयमा जुलुस निकालेका थिए ।

धेरै निजी विश्वविद्यायलका सयौँ विद्यार्थीले कोटाविरोधी नारा लगाउँदै ढाकामा विरोध प्रदर्शन गर्दा अमेरिकी दूतावास नजिक चार घन्टाभन्दा बढी सडक जाम भएको प्रहरीले जनाएको छ ।

बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा पाकिस्तानी सेनाका सहयोगीहरूसँग आफूहरूलाई तुलना गरिएको प्रदर्शनकारीहरूले जनाएका छन् ।

“यो अस्वीकार्य छ”, ढाका विश्वविद्यालयकी एक छात्राले प्रतिशोधको डरले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयो, “हामी कोटा प्रणालीमा सुधार चाहन्छौँ जसबाट मेधावी विद्यार्थीहरूलाई उचित अवसर प्राप्त होस् ।”

विद्यार्थीहरूले जातीय अल्पसङ्ख्यक र अपाङ्गहरूलाई समर्थन गर्न छुट्याइएको छ प्रतिशत नोकरीलाई मात्र कायमै राख्नुपर्ने जनाएका छन् ।

सन् १९७१ मा स्वतन्त्रता प्राप्तिपछि बङ्गलादेश विश्वको सबैभन्दा गरिब मुलुकमध्ये एक थियो तर सन् २००९ पछि हरेक वर्ष औसत छ प्रतिशतभन्दा बढीले आर्थिक वृद्धि भएको छ ।

यद्यपि उक्त वृद्धिको अधिकांश हिस्सा मुलुकको कपडा उद्योगलाई बल प्रदान गर्ने अधिकांश महिला कारखाना जनशक्तिका कारणले भएको हो र अर्थशास्त्रीहरूले विश्वविद्यालयका लाखौँ विद्यार्थीका लागि नोकरीको गम्भीर सङ्कट रहेको जनाएका छन् । एएफपी

यो पनि पढ्नुहोस्

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

५ दिन अगाडि
अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक