काठमाडौं । नेपाल टेलिकमले नयाँ बिलिङ्ग प्रणालीको लागि चौथो पटक टेन्डरको म्याद थप गरेको छ।
कम्पनीले आज चौथोपटक बिलिङ्ग सिस्टमको टेन्डरको म्याद थप गरेको सूचना प्रकाशित गरेको छ।
जसअनुसार अब जुलाई ३१ तारिख अर्थात साउन १६ गतेसम्मको समय थपिएको हो। पटक पटक टेन्डरको म्याद थपिएपनि आवेदन नपरेपछि टेलिकमले टेन्डरको म्याद थप्दै लगिरहेको देखिन्छ।
यसअघि कम्पनीले उक्त बिलिङ्ग सिस्टमको टेन्डरमा आवेदन नपरेपछि जेठ ६ गते सूचना जारी गरेर पहिलोपटक जेठ २९ गतेसम्मलाई ठेक्काको म्याद थपेको थियो।