पर्सा । वीरगंज महानगरपालिका-२८ ड्राईपोर्ट सिर्सिया बस्ने ५२ वर्षीय रामबाबु चौधरी मलाहको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।
सोही महानगरपालिका-१२ ब्रम्ह चोकस्थित विद्युतको पोलमा लाईन बनाउने क्रममा करेन्ट लागरे गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।