काठमाडौं । आज साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल आएको छ । करिब ५ महिना पछि ७ अर्ब बढीको कारोबार भएको छ ।
आज एकै दिन ५२.९७ अंकले नेप्से बढेर बजारमा उछाल आएको हो । आइतबार नेप्से २.४० प्रतिशतले बढेर २२५७.५९ विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक उच्चतम २२९०.९५ विन्दुसम्म पुगेको थियो । तर पछि फेरी करेक्सन भएर बजार बन्द हुँदा भने २२५७ विन्दु कायम रहयो ।
नेप्सेको उक्त विन्दु करिब एक वर्ष यताकै सबैभन्दा बढी हो । नेप्से बढेसँगै आज कारोबार पनि उछाल आएको छ । आज एकै दिन ७ अर्ब बढीको करोबार भएको छ । जुन करिब ५ महिना यताकै सबैभन्दा बढी हो ।
आज ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । ७ अर्ब बढीको कारोबार २०८० साल माघ ७ गते भएको थियो । उक्त दिन नेप्से २५ अंकले घट्दा ७ अर्ब ६३ करोड २८ लाख ९० हजार रुपैयाँको कारोबार भएको थियो ।