सोम, फाल्गुन ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शासकहरुले कानुन नमान्ने प्रवृत्ति समस्याकारुपमा देखा पर

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
शासकहरुले कानुन नमान्ने प्रवृत्ति समस्याकारुपमा देखा पर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले शासन सत्तामा बसेकाहरुबाट नै संविधान र कानुन मिच्ने प्रवृत्ति बढेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले बद्लिदो राजनीतिक परिस्थितिका बारेमा दलका नेताहरुसँग गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासकहरुले संविधान र कानुन नमान्ने प्रवृत्ति समस्याको रुपमा देखापरिरहेको जनाएका हुन् । सर्वसाधारण जनताले संविधान र कानुनको अक्षरस पालना गरेपनि नेता र शासकहरुले कानुन नमानेको उनको दाबी छ ।

‘नेपालमा संविधान र कानुन मान्ने प्रवृत्ति भएन । नेपालमा संविधान र कानुन नमान्ने प्रवृत्ति भयो । जनताको तहबाट होईन । जनताको तहबाट कसैले संविधान र कानुन मिच्यो भने त्यसको उपचार हुन्छ । त्यसले दण्ड सजाय भोग्नुपर्छ । शासनमा बसेका र राजनीति गर्नेहरुबाट संविधान र कानुनको उल्लङ्घन भयो भने त्यसको उचार हुँदैन । त्यही हो दण्डहिनता भनेको । आज त्यही समस्या मुलुकले भोग्दैछ,’– उनले भने ।

जनयुद्ध, जनआन्दोलन लगायतका परिवर्तनहरु यिनै राजनीतिक खेलाडीहरुले सहमति गरेर अगाडि बढेको स्मरण गराउँदै उनले नेताहरुमा हामीले सहमति गरेपछि जे पनि हुन्छ भन्ने भाष्य निर्माण भएको बताए । उनले अहिलेको सरकार परिवर्तनको मूल कारण भ्रष्टाचारको ढाकछोप रहेको उनले जनाए । उनले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा रहेको प्रावधानलाई अनेक किसिमका तर्क गरेर प्रावधानहरु हातमा लिएको आरोप लगाए ।

‘अहिलेको सरकारको परिवर्तन पनि भ्रष्टाचार र फाइलसँग सम्बन्धित छ भन्ने कुरा आइराखेको छ । अहिलेको राष्ट्रपतिले पनि संविधानमा भएको व्यवस्थालाई विभिन्न किसिमका तर्कहरु गरेर संविधानको प्रावधानलाई हातमा लिइँदैछ । यो गलत हो,’– उनले भने ।

शासकले संविधान र कानुन नमान्ने अवस्थामा अब विद्रोहको रुपमा परिणत हुने उनको चेतावनी छ । देश र जनतालाई केन्द्रविन्दुमा राखेर बनेको संविधानको उद्देश्यलाई परिपूर्ति गर्न अहिलेको सरकार नबनेको उनको दाबी छ । संविधानमा भएका कुराहरु अक्षरस पालना गर्दिँदा मात्रै पनि देशमा भएका समस्याहरु क्रमशः समाधान हुँदै जाने सम्भावना रहेको उनले बताए । देशको शिक्षा, स्वास्थ्य, अर्थतन्त्रलगातका संरचना डनहरुले चलाएको उनको टिप्पणी छ ।

‘नेपालको वर्तमान राजनीतिक प्रणाली र संविधान छ, संविधानमा लेखिएको कुरामात्रै गर्दिएको भए केही थिएन नि त । संविधानमा शिक्षा निःशुल्क भन्यो । गर्नसक्छन् निःशुल्क ? ठूला–ठूला डनहरुले चलाएका छन्, तिनै डनहरु मन्त्री बनिसके,’– उनले भने ।

उनले दशकौंदेखि देश चलाउने शासकहरुको गलत प्रवृत्तिका कारण जनताले दुःख पाइरहनुपरेको बताए । संविधान सभा सदस्यसमेत रहेको भण्डारीले संविधान मिचेर ७६ (२) बमोजिम सरकार गठनको आह्वान गरिएको दाबी गरे । संविधानको धारा ७६ (२) अनुसार बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले विश्वासको मत नपाउँदैगर्दा उपधारा ३ आकर्षित हुने उनको दाबी छ । ‘निवर्तमान सरकार दुई वा दुईभन्दा बढी दलको सहमतिले बनेको सरकार हो । त्यसले बहुमत पाएन भने सोझो कुरा छ, संविधानको धारा ७६ (३) मा सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछ भन्ने व्यवस्था छ । त्यो भएन,’– उनले भने ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाे आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक

११ घण्टा अगाडि
जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक