आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेस र एमाले गठबन्धनको रहस्य पर्दाफास

बेचन झाको अडियो रेकर्ड भेटियो, भुटानी शरणार्थी प्रकरणमा लहरो तानिँदै

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
कांग्रेस र एमाले गठबन्धनको रहस्य पर्दाफास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / सदनका दुई ठूला दल कांग्रेस र एमालेबीचको गठबन्धन र आलोपालो सरकार बनाउने सहमतिको सम्बन्ध नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएको खुलासा भएको छ । सरकारले नक्कली भुटानी शरणार्थीका मुख्य आरोपी बेचन झालाई पक्राउ गर्नु, यो प्रकरणमा अनुसन्धान अघि बढ्दा कांग्रेसका ठूला नेता नै पक्राउ पर्ने सम्भावना हुनुका कारण कांग्रेस र एमाले शीर्ष नेताहरु वर्तमान सरकार ढलाउने र नयाँ सरकार गठन गर्ने सहमतिमा पुगेका हुन् ।

गत फागुनमा मात्र सत्ता सहकार्य थालेका माओवादी र एमालेबीच चार महिनामै फाटो आउनुलाई अप्रत्याशित मानिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच १५ असारमा भएको राजनीतिक भेटले त सरकार नै ढल्ने अवस्था निम्तियो । तर यसको कारण भने नक्कली भुटानी शरणार्थी प्रकरणका २ फरार आरोपी बेचन झा र प्रतीक थापा पक्राउ पर्नु, यो प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु हुनु थियो ।

झा यो प्रकरणका मुख्य योजनाकार हुन् । उनी कांग्रेस सभापति देउवाकी पत्नी आरजु देउवा र पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता कृष्ण सिटौलानिकट मानिन्छन् । प्रतीक पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिए पनि झन्डै एक वर्षअघि अदालतमा पेश गरिएको अभियोगपत्रमा झालाई प्रतिवादी बनाइएको थिएन । तर, उनले तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेमार्फत तत्कालीन देउवा नेतृत्वको सरकारलाई पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावित पारेको अनुसन्धानको क्रममा देखिएको छ ।

असार १४ मा पक्राउ परेका झालाई प्रहरीले हिरासतमा राखेर नक्कली शरणार्थी प्रकरणमा उनको संलग्नताबारे अनुसन्धान गरिरहेको छ । मन्त्रिपरिषद्मै लगेर निर्णय गराउने र गृहमन्त्रीलाई पकडमा लिएर आवश्यक निर्देशन बाहिर ल्याउनेसम्मको भूमिकामा बेचन सक्रिय रहेको अहिले अडियो रेकर्ड पनि सार्वजनिक भएको छ । गृहमन्त्री खाण (२०७८ असार २९–२०८० वैशाख २६) र गृहसचिव पाण्डे कार्यकारी रहेका बेला झाले बालुवाटार–सिंहदरबार ‘नेक्सस’ मिलाएको उनको त्यतिबेलाको संवादले देखाएको छ । यो प्रकरणमा झालाई आरजु तथा अन्य कांग्रेस नेताको पनि सहयोग थियो ? प्रहरी अनुसन्धानरत छ ।

झाले आफूलाई सिंहदरबार र बालुवाटारदेखि भारतीय दूतावाससम्मको ‘निकटवर्ती’ भनेर चिनाउने गर्थे । उनको संलग्नताबारे तत्कालीन गृहसचिव पाण्डे तथा रामशरण केसीसहितले बयान दिइसकेका छन् । पछिल्लो समय गिरीबन्धु टी–इस्टेट प्रकरणमा एमाले अध्यक्ष ओलीको आलोचना हुनु र नक्कली भुटानी शरणार्थी प्रकरणले कांग्रेस लखेटिनुका कारणले पनि यी दुई दललाई एक ठाउँमा आउन सहज भएको छ ।

कांग्रेस र एमालेबीचको गठबन्धनमा आशंका गर्नुपर्ने प्रशस्त ठाउँ रहेको माओवादी तथा रास्वपाका सांसदहरुले संसद्मा नै बोलेका छन् । रास्वपा नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका झा पक्राउ परेपछि नयाँ सरकार गठनका लागि दुई ठूला दल एक ठाउँमा उभिएको दाबी गरेका छन् । झालाई पक्राउ गरिएको भोलिपल्ट कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि सहमति भएको उनीहरुको भनाइ छ । रास्वपाका सांसद मनिष झाले संसदमा एमालेका नेताहरुले आफूहरुलाई नैतिकता सिकाउन खोजेको टिप्पणी गरे ।

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले झा पक्राउ गरेपछि गठबन्धन बदलिएको दाबी गरेका छन् । गत मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ४ महिनाअघि एमाले अध्यक्ष केपी ओलीले गरेको पटक पटकको आग्रहलाई प्रचण्डले स्वीकार गरेर समीकरण बदलिएको जनाए । तर भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै जाँदा झा र थापाको गिरफ्तारी भएसँगै गठबन्धन टुटेकाले ओलीले जवाफ दिनैपर्ने उनको भनाइ छ । झा पक्राउ परेपछि उनीसँग बयान लिन समेत रोकिएको सांसद दाहालले दाबी गरे । उनले भने, ‘बेचन झा को हुन् हामीलाई थाहा छैन ? नेपाली जनतालाई थाहा छ । बेचन झा को हुन् त्यो राम्रोसँग बालकोटलाई पनि थाहा छ बूढानीलकण्ठलाई पनि थाहा छ । झा पक्राउ परेपछि अहिले बयान नलिनुस्, असार २८ गतेपछि मात्र लिनुस् भनेर फर्मान जारी भएको विषय पनि बजारमा आएको छ ।’

रास्वपाका सांसद हरि ढकालले सरकार बनेपछि फाइल खोल भनेर धेरैतिरबाट आवाज गुञ्जायमान हुँदै गर्दा झा पक्राउ पर्ने बितिकै सरकार परिवर्तन हुनुको कारण नागरिकले राम्रैसँग बुझेको बताए । माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि वामपन्थीहरूको सहकार्य छाडेर एमाले दक्षिणपन्थी दिशामा अगाडि बढेको आरोप लगाए । टिआरसी विधेयकलाई रोक्ने र नक्कली भुटानी शरणार्थी प्रकरणमा झा पक्राउ परेपछि नयाँ गठबन्धन बनेको उनको जिकिर छ । जनधारणा साप्ताहिक

 

 

 

यो पनि पढ्नुहोस्

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

५२ मिनेट अगाडि
जबजको गहन अध्ययन हुनु जरुरी

जबजको गहन अध्ययन हुनु जरुरी

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

नेपालले भुटानलाई ६-१ गोलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक