काठमाडौं । नौबिसे-मलेखु सडकखण्ड १५ दिन बन्द रहने भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोला पुलहरुको गर्डर लन्चिङ कार्य भएको सडक बन्द गर्न लागिएको हो । सडक भोलीदेखि साउन ९ गतेसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्मका लागि बन्द रहने योजना प्रमुखले जानकारी गराए ।
सो समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक सम्पूर्ण सवारी साधनहरु सञ्चालनमा रोक लगाइनेछ । साथै, वैकल्पिक मार्गको रुपमा गल्छी विदुर छहरे टोखा सडक प्रयोग गर्न सकिने जनाइएको छ ।