काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने विश्वास जनाएका छन् ।
बिहीवार काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरुसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भूसालले अध्यक्षमा दाबी गरेका छन् । तर, वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निष्कर्षमा पुगेको अध्यक्ष नेपालले जनाए।
अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो अधिवेशन भएकाले अध्यक्षमा दोहोरिने नभई नयाँ नेतृत्व चयन हुने जनाए । ‘छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन,’ उनले भने ।