काठमाडौं । टोखा नगरपालिका-९ गोंगबु म्याग्दी चोक डेरा बस्ने तनहुँ ब्यास नगरपालिका-१४ घर भएका २७ वर्षीय सुजल विकको कोठाबाट सुन र चाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ६ लाख ७२ हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।