धनगढी । कैलालीमा भारी वर्षाका कारण विभिन्न स्थानहरु प्रभावित भएका छन्।
मंगलबार परेको भारी वर्षाका कारण जिल्लाको कान्द्रा नदि क्षेत्र आसपासका घरपरिवारहरु प्रभावित भएका हुन्। बाढीका कारण कैलारी गाउँपालिका वडा नम्बर ७, घोडाघोडी नगरपालिका वडा नम्बर १० क्षेत्रका घरपरिवार प्रभावित भएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अहिलेको वर्षाले धेरै प्रभावित नभएको जनाए।
उनका अनुसार ‘केही क्षेत्रमा पानि जमे तापनि त्यति प्रभावित भने गरेको छैन।’ धनगढी, घोडाघोडी लगायत क्षेत्रमा पानी जमेको गुनासो आइरहेको जनाए । वर्षाका कारण एक जना नदिमा बगेर वेपत्ता जनाए ।
उक्त क्षेत्रमा उच्च सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।