दाङ / रोल्पाको माडी गाउँपालिका–३ परेवा छहरामा जिप दुर्घटनामा परेको छ।
माडी गाउँपालिका–२ घर्तिगाउँबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको हुन सक्ने आंशका गरिएको छ।
प्रहरीले घटनामा परेर मृत्यु भएकाहरुको बारेमा आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी भरत लामाका अनुसार ११ जनालाई घटनास्थलबाट उद्धार गरेर अस्पताल पुर्याएको छ।
लु १ ज ३२५२ नम्बरको जिप सडकबाट करिब ४०० मिटर तल खसेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। घटनास्थलमा प्रहरी पुगेर उद्दार कार्यमा खटिएको छ। स्थानीयहरु पनि उद्दार कार्यमा खटिएका छन्। गाडीमा १४ जना सवार रहेको अनुमान गरिएको छ।
घटनास्थलमा पुगेका पत्रकार बुद्धिमान वलीका अनुसार बाटोमा पहिरो गएको र गाडी रोकेर हेर्दै गर्दा ब्याक भएर गाडी सडकबाट तल खसेको हो। घटनाको बारेमा थप विवरण आउन बाँकी छ।