साविक च्याम्पियन इटालीलाई २-० ले पराजित गर्दे स्विट्जरल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
शनिबार राति भएको पहिलो प्रि-क्वाटर फाइनलमा पहिलो हाफ र दोस्रो हाफमा समान १-१ गोल गर्दै स्विट्जरल्यान्डले इटालीलाई स्तब्ध बनायो।
स्विट्जरल्यान्डका लागि रेमो फ्रेउलरले रुवेन भार्गासको क्रसलाइ सदुपयोग गर्दै टोलीलाई ३७ औं मिनेटमा अग्रता दिलाएका थिए। पहिलो हाफमा बल पकडका बाबजुत इटालीले भने गोल गर्न सकेन।
दोस्रो हाफको सुरुवातमै स्विट्जरल्यान्डले अग्रता दोब्बर बनायो। उसक लागि रुवेन भार्गासले गोल गरेका थिए। ४६ औं मिनेटमै २-० ले पछि परेको इटालीले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न असफल हुँदा अन्तिम १६ बाटै घर फर्किन बाध्य भएको छ।