आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कुपोषणबाट मुक्त गर्न नयाँ योजना सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कुपोषणबाट मुक्त गर्न नयाँ योजना सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मार्तडी। बाजुरा जिल्लाको दुर्गम क्षेत्र स्वामीकार्तिक गाउँपालिका मुक्तिकोटले कुपोषणबाट अझै मुक्ति पाउन सकेको छैन । कुपोषणग्रस्त गाउँका रूपमा परिचित मुक्तिकोटमा कुपोषणले नछोएका बालबालिका विरलै भेटिन्छन् ।

केही दिनअघि मात्र स्वामीकार्तिक–१ र २ वडा रहेको मुक्तिकोट गाउँमा दुई जना बालबालिकाको मृत्यु भएको छ । लामो समयदेखि कुपोषणबाट ग्रसित हुँदै आएका बालबालिकाको मृत्यु भएको मुक्तिकोट स्वास्थ्य संस्थाका इन्चार्ज वृज विकले जनाउनुभयो ।

उहाँका अनुसार कुपोषणले थलिएकी दुमली विककी १७ महिने छोरी जमुना विकको र रूपसरा न्यौपानेकी १४ महिने छोरा सन्तोष न्यौपानेको मृत्यु भएको हो । वैशाख लागेयता २२ जना कडा कुपोषित बालबालिकामध्ये सात जनालाई उपचारपछि घर पठाइएको छ ।

१६ जना बालबालिकालाई जटिल कुपोषण भएकाले स्वास्थ्य संस्थामा भर्ना गरेर उपचार भइरहेको छ । आर्थिक अभावका कारण सुविधा सम्पन्न अस्पतालमा उपचार नपाएको कारण ती दुई बालबालिकाको मृत्यु भएको उहाँले जनाउनुभयो । आमा दमली विकको पेटमा अर्को बच्चा रहेको र श्रीमान् भारतमा रहेका कारण छोरी कुपोषणबाट प्रभावित हुँदा पनि उपचार गर्न नसकेको जनाइएको छ । सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालमा पोषण पुनस्र्थापना केन्द्र छ । तर त्यहाँसम्म उपचार गर्न नसक्ने अवस्था रहेका कारण बालक न्यौपानेको मृत्यु भएको उहाँले जनाउनुभयो । “गाउँमा कुपोषणको निकै डरलाग्दो अवस्था रहेको छ, हामीले कडा कुपोषित बच्चा मात्र उपचार गर्ने गरेका छौँ, बाँकी मध्यम तथा सामान्य बालबालिका कुपोषणग्रस्त छन्,” उहाँले भन्नुभयो, “सम्बन्धित गाउँपालिकासँग पटक पटक यस विषयमा जानकारी गराउँदा पनि चासो देखाएका छैन्न ।”

रिता विककी १३ महिनाकी छोरी सलिना विक पनि कडा कुपोषणबाट ग्रस्त छिन् । घरमा पोसिलो खानेकुरा नहुँदा सलिना मात्र नभई आमा रिता पनि कुपोषणको सिकार बन्नुभएको छ । उहाँका अन्य सन्तानसमेत कुपोषित छन् । सधैँका वर्षमा कुपोषणले गर्दा सो गाउँमा बालबालिकाको मृत्यु हुने गरेको छ । २०७८ सालमा आठ जनाको मृत्यु भएको मुक्तिकोट स्वास्थ्य चौकीले जानकारी दिएको छ । २०७८ सालमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि गाउँपालिकाले कुपोषणबारे अध्ययन गरेको थियो ।

मुक्तिकोट गाउँका ३०८ परिवारमा निकै कुपोषण रहेको प्रतिवेदनमा उल्लेख थियो । उक्त प्रतिवेदनमा बालबालिका मात्र नभएर किशोर, किशोरी, अशक्त, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी पनि कुपोषित रहेको उल्लेख थियो । यहाँ दुई वर्षयता मात्र १३ जना बालबालिकाको मृत्यु भएको छ ।

फियान नेपालका बाजुरा संयोजक सबिता थापाका अनुसार कुपोषणले बच्चा मर्ने समस्या यहाँका लागि सामान्य जस्तै भएको छ । मुक्तिकोटमा दलित परिवारको बसोबास रहेको छ । नेपालको सबैभन्दा गरिब गाउँका रूपले परिचित यस गाउँमा भोकमारी हुने गरेको छ ।

मुक्तिकोटमा उच्च प्रजनन दर, उच्च बाल मृत्यु दर, परिवार नियोजनका साधनको प्रयोग न्यून रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बर्सेनि धेरै बालबालिका कुपोषणको चपेटामा परेको भए पनि राज्यको ध्यान नगएको स्थानीय डबल विकले जनाउनुभयो । गाउँमा शत प्रतिशत बालविवाह छ । यहाँ २० वर्षभन्दा कम उमेरका सबै विवाहित भेटिने गरेका छन् । गरिबी र अभाव भए पनि यहाँ धेरै सन्तान जन्माउने चलन छ । स्वामीकार्तिक गाउँपालिकाले मुक्तिकोटलाई कुपोषणबाट मुक्त गर्न नयाँ योजना सार्वजनिक गर्न सकेको छैन ।

यो पनि पढ्नुहोस्

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

२३ मिनेट अगाडि
बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनको भाउमा वृद्धि

२९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक