काठमाडौं । चिनियाँ नागरिकसँग बिहे गराइदिने बहानामा चीनमा महिला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राई रहेकी छिन् । राईलाई असार ११ गते पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको मानव बेचबिखन ब्युरोले जनाएको छ ।
महिलालाई चीनस्थित नेपाली राजदूतावासले असार ९ गते उद्धार गरी चीनबाट नेपाल फर्किने वातावरण मिलाएको थियो । महिला नेपाल आएर निवेदन दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको मिश्रले जनाए । घटनामा संलग्न चिनियाँ नागरिक र अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।