बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

अर्को ठूलो लूट काण्डको पर्दाफास

काठमाडौंका धेरै व्यापारीको रुवाबासी, १३ सय जनाको ५ अर्ब डुब्यो

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
अर्को ठूलो लूट काण्डको पर्दाफास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / काठमाडौंमै दर्जनौं व्यापारीसँग संगठित रुपमा अर्बौं रकम ठगी भएको खुलेको छ । व्यापारिक दृष्टिकोणले मुख्य स्थानमा पर्ने कलंकीमा सटरहरु सञ्चालनका लागि भन्दै व्यापारीहरुबाट ५ अर्बभन्दा बढी रकम ठगी भएको हो ।

न्युरोड, महाबौद्ध र ओटुको होलसेल मार्केट कलंकीमा सार्ने भन्दै करिब १ हजार ३ सय जनाबाट ५ अर्बभन्दा रकम उठाइएको हो । काठमाडौं प्रहरीले ठगीको आरोपमा प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्यसहित ६ जनालाई पक्राउ गरेको छ । कलंकी ट्रेड सेन्टरका व्यापारिक ईकाई (सटर) हरुको स्वामित्व हस्तान्तरण गर्ने भन्दै ठगी गरेको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं लाजिम्पाटका ६८ वर्षीय बज्राचार्यसहित राजु महर्जन, ललितपुर महानगरपालिका राजेशकृष्ण श्रेष्ठ, पाल्पा तानसेनका निरन्जन कुमार श्रेष्ठ, कास्कीका घर भएका चिरञ्जीवी पौडेल र स्याङ्जाका शान्तिरमण पंगेनी छन् । बज्राचार्य न्युरोड कम्प्लेक्समा रहेको कलंकी डेभलपर्स र मिला ल्यान्ड डेभलपमेन्ट प्रालिको सञ्चालक समितिका अध्यक्ष समेत हुन् । उनले सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने भन्दै १३ करोड ७३ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको काठमाडौं प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्य व्यक्तिले सटर दिने भन्दै व्यापारीबाट रकम उठाएका थिए । उनीहरुले ४० लाखमा सटर दिने भन्दै व्यवसायीबाट रकम उठाएको पनि प्रहरीले बताएको छ । उनीहरुले यसरी ५ अर्बभन्दा बढी रकम संलकन गरेको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन)को कसुरमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा कलंकी ट्रेड सेन्टर (केटीसी) का करिब ४ सय जना लगानीकर्ता र नेशनल बिजनेस ट्रेड सेन्टर (एनबीटीसी)का १५ जना लगानीकर्ताले जाहेरी दिएका थिए । परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार कम्फर्ट हाउजिङसमेतमा लगानी गरेका र प्राइम बैंकमा सञ्चालकसमेत रहिसकेका नरेन्द्र बज्राचार्यलगायतका व्यक्तिको समूहले काठमाडौंको महाबौद्ध, न्युरोड, ओटु, भोटेबहाललगायत स्थानमा होलसेल व्यापार गर्ने व्यापारीहरूलाई प्रलोभनमा पारेको खुलेको छ ।

‘बज्राचार्यले नै मिला ल्याड डेभलपमेण्ट प्रालिबाट कलंकीमा एनबीटीसी सञ्चालनमा ल्याउन लागेको र त्यो अत्यन्तै ठूलो होलसेल मार्केट हुने भन्दै लगानी गर्न सुझाएपछि ठगीको प्रपञ्च शुरू भएको देखिन्छ,’ उनले भने । बल्खु र कलंकीको बीचमा २०६९ बाट निर्माण शुरू गरेको एनबीटीसी देशकै ठूलो होलसेल मार्केट हुने विश्वास बज्राचार्यले दिलाएका थिए । साथै पार्किङ सुविधासहितका सटर पनि किन्न पाइने बज्राचार्यको योजनाबाट व्यापारीहरू आकर्षित बनेको पाइएको छ ।

निर्माण सम्पन्न भएलगत्तै लालपुर्जासमेत दिने भनेर प्रति सटर कवल औसतमा ४० लाखका दरले डेभलपर्सले रकम उठाएका थिए । रकम उठाउँदा दुई पक्षबीच सम्झौता गरी तोकिएको अवधिभन्दा अधिकतम ६ महिनासम्म ग्रेड पिरियड दिने र उक्त समयमा पनि कम्प्लेक्स निर्माण सम्पन्न हुन नसकेमा वाणिज्य बैंकको चल्तीको ब्याजदरका हिसाबले लगानीकर्तालाई रकम दिनेसमेतको करारनामा गरिएको थियो ।

२०७२ सालको अन्तिममा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने भनिए पनि २०७२ सालमा भूकम्प आएपछि उक्त कम्प्लेक्स समयमै बन्न सकेन । त्यसपछि लगानीकर्तासँग २ वर्षको थप समय माग गरियो, त्यो पनि करारनामा विपरीत ब्याज नपाउने गरी । भूकम्प गएको समय भनेर लगानीकर्ताहरूले पनि विनाब्याज २ वर्ष समय थप गर्ने गरी सम्झौता गरिदिए । २०७४ को अन्तिममा निर्माण सम्पन्न गर्ने भनिए पनि निर्माण सम्पन्न हुँदा २०७६ साल लाग्यो । तर निर्माण सम्पन्न भइसके पनि डेभलपर्सले लगानीकर्तालाई सम्झौता बमोजिम सटर कवलहरू पास गरेर नदिएपछि लगानीकर्ताले जाहेरी दिएका हुन् ।

व्यापारिक कम्प्लेक्स निर्माण गरेर लालपुर्जासहित दिने भनी लगानीकर्ताबाट अर्बौं रकम उठाएर यो समूहले ऐयासी जीवन बिताएको र आफन्तहरूको नाममा घरजग्गा जोडेको पीडितको गुनासो छ । लगानीकर्ताबाट लगानी लिएर निर्माण गर्ने अनि बैंकबाट समेत ऋण लिएर आफन्तको नाममा सम्पत्ति जोडेर डेभलपर्सले साना लगानीकर्ताको बिचल्ली बनाएको आरोप छ । यद्यपि प्रहरीले सो विषयमा अनुसन्धान सुरुमात्रै गरेको कारण उनीहरूले कुनकुन आफन्तका नाममा कहाँकहाँ घर जग्गा जोडे वा कहाँकहाँ लगानी छ भन्ने अझै खुलेको छैन ।

२०८१ को वैशाखमा लगानीकर्ताहरूले बज्राचार्य लगायतलाई घेरेर आफ्नो लगानी फिर्ता मागेका थिए । तर बैंकको ऋण नतिरी रकम फिर्ता नगर्ने धम्की बज्राचार्यले दिएपछि पीडितहरू प्रहरीमा पुगेको खुलेको छ । ‘सटरहरू भाडामा दिने भनेर ठगी गरेको देखियो, हामीले केटीसी र एनबीटीसीका सञ्चालहरूलाई पक्राउ गरेर अनुसन्धान थालेका छौं,’ एसपी अधिकारीले भने, ‘पीडितहरूको जाहेरी थप आउने देखिन्छ ।’  जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

प्रचण्डलाई घेर्दै ओली र देउवा !

प्रचण्डलाई घेर्दै ओली र देउवा !

२ हप्ता अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रुपन्देहीमा रविविरुद्धको उजुरी नै नक्कली !

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक