शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

नेपाली श्रमिक लैजान इजरायली आवेदन आह्वान

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
नेपाली श्रमिक लैजान इजरायली आवेदन आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ।  इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दोस्रो चरणमा आठ सय नेपाली श्रमिक लैजान आवेदन माग गरेको छ । वैदेशिक रोजगार विभागले वैकल्पिक तीन सय जनासहित आठ सय जनाको केयरगिभरमा लैजाने गरी आवेदन आह्वान गरेको हो । विभागका अनुसार नेपाल र इजरायलबिच भएको श्रम सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउँदै आएको छ ।

यसमा निजी क्षेत्रको संलग्नता छैन । विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार इजरायल जान इच्छुकले असार ११ गतेबाट लागु हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्ने छ । योग्यता पुगेकालाई गोलप्रथाबाट छनोट गरिने छ ।  विभागका महानिर्देशक घिमिरेले योग्यता पुगेका आठ सय जनालाई छनोट गरेर तीन सय जनालाई वैकल्पिकमा राखिने जानकारी दिनुभयो ।

विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ भएको, कम्तीमा ४५ केजी तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा उत्तीर्ण भएकाले आवेदन दिन पाउने छन् ।

यो काममा जानेको मासिक तलब पाँच हजार ८८० इजरायली मुद्रा (जुन नेपालका दुई लाख १० हजार नेपाली रुपियाँ) तोकिएको छ । यसको करार अवधि सुरुमा एक वर्षको हुने छ । त्यसपछि अधिकतम पाँच वर्षसम्म हुने छ ।

त्यस्तै विगतमा इजरायल गई कार्य नगरेको, बाबुआमा, पतिपत्नी, छोराछोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको, शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको हुनुपर्ने योग्यता तोकिएको छ । पहिलो चरणमा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष लैजाने भनिएकोमा दोस्रो चरणमा भने ६० प्रतिशत महिला र ४० पुरुषको माग गरिएको छ । यसअघि सन् २०२२ देखि हालसम्म एक हजारभन्दा बढी केयरगिभर रोजगारीका लागि इजरायल गएका छन् ।

सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै श्रमिक इजरायल रोजगारीमा जाने गरेको भए पनि म्यानपावर कम्पनीले श्रमिकबाट चर्को सेवा शुल्क असुलेपछि इजरायलले नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो ।

चार वर्षअघि जिटुजीमार्फत नै केयरगिभर लैजाने गरी श्रमसम्झौता गरिएको थियो । नेपाल र इजरायलबिच २०७७ असोज १४ गते इजरायलको श्रम बजारमा नेपाली श्रमिकको रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि २०७७ माघमा दुई देशबिच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

यो पनि पढ्नुहोस्

कुलिङ पिरियड’ र सेवा उमेर हदसम्बन्धी बाँकी रहेका मतान्तर सहमतिबाट टुंग्याइने

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

२ घण्टा अगाडि
ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

रविको मुद्दामा आज आदेश आउन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक