बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

आज बिश्व गर्मीको चरम दुष्प्रभाव र अत्तालिएको अबस्था

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-लोकनारायण सुबेदी

यो बर्ष बिश्वमा गर्मी चरम र उग्र किसिमलले बढिरहेको छ। विश्व मौसम संगठन (डब्ल्यूएमओ)को अभिलेख अनुसार गएको वर्ष र बितेको दशकले पनि यो धर्तीमा आगो नै बर्षाउने काम गरेको छ । अमेरिकाको पर्यावरण संस्था ‘बिश्व वीटनेस’ र कोलम्बिया बिश्वबिद्यालयका बैज्ञानिकहरको एउटा निकै महत्वपूर्ण अध्ययनबाट के कुरा प्राप्त भएको छ भने तेल र ग्यासको अधिकतम मात्रामा उत्पादनबाट यस्तो चर्को गर्मीको अबस्था पैदा भएको हो ।अब पनि ती इनधनहरुको उत्सर्जनको यस्तै स्थिति रहिरहने हो भने आगामी २०५० सम्ममा बिश्वमा गर्मीको अबस्था चरम उत्पातको अबस्थामा पुग्ने र खतराको सीमाबाट बाहिर जाने छ ।

अनि त्यस्तो चर्को र चरम गर्मीको अबस्थामा जीव जगतको अबस्था के कस्तो होला ठूलो अनुत्तरित प्रश्न खडा छ । त्यसको पूर्बानुमान लगाउन पनि अत्यन्तै मुस्किल छ । बढ्दो बिश्व तापमान र जलवायु परिबर्तनका कारण प्राकृतिक बिपत्तिहरुको बढ्दो संख्या र तीब्रतामा निरन्तर बढोत्तरी भइरहेको छ । यसर्थ अहिले नै के भनिदैछ भने अब यो पृथ्वीमा प्रलय बाढीबाट होइन, आकाशबाट बर्षिने आगोबाट आउने छ । यो पृथ्वीको जीव–जगतमाथि झण्डैझण्डै बितेका तीन दशकदेखि जलवायु परिबर्तनको बर्तमान र भबिष्यमा हुन आउने संकटहरुको तरबार झुण्डिरहेको छ । संकटबाट पार पाउने उपायहरुको खोजी गर्नका लागि बिश्वका १९८ देशले जलवायु सम्मेलन पनि गर्ने गर्दछन् । ती सम्मेलनहरुको प्रमुख लक्ष रहने गर्दछ बिश्व तापमानलाई १.५ डिग्री सेल्सियशसम्ममा स्थिर राख्न सकियोस् । तर अहिलेसम्म जे जस्ता संकेतहरु प्राप्त भइरहेका छन् त्यसबाट स्पष्ट भइरहेको छ कि केही बर्षहरु भित्र गर्मीको तापमानले त्यो निर्धारित सीमाको उल्लंघन गरिसक्नेछ ।किनभने यस बर्ष बितेको तीन सातादेखि यता लगातार गर्मीको यो तापक्रम ४० देखि ५५ डिग्रीसम्म कायम रहेको धेरै स्थानको अभिलेख बनेको छ । छिमेकी भारतको राजधानी नयाँ दिल्लीकै तापक्रम बढेर ५२.९ डिग्रीसम्म पुगिसकेको छ ।

भर्खरै साऊदी अरबमा यो अत्यन्तै भीषण गर्मीका कारणले नै १००० भन्दा बढी हज तीर्थयात्रीहरुको अकाल मृत्यु भइसकेको छ ।
यस किसिमको अत्याधिक अत्यासलाग्दो चर्को गर्मीको अनुमान पर्याबरणबिदहरुले पहिलादेखि नै लगाउदै आएकै हुन् । तिनकै सल्लाहमा समेत एक सयभन्दा बढी देशहरुले आउदो २०३० सम्ममा बिश्वको नबिकरणयोग्य ऊर्जालाई बढाएर तीन दोब्बर तुल्याउने प्रयासमा पनि जुटेका हुन् ।यस अन्तर्गत अक्षय ऊर्जाको प्रमुख श्रोत सूर्य,हावा र पानीबाट बिद्यूत निकाल्नुपर्ने उपाय सुझाएका पनि थिए । पर्यावरणबिदहरुका अनुसार यो शताब्दीको अन्त्यसम्ममा पृथ्बीको गर्मी २.७ प्रतिशतसम्म बढ्न जानेछ । त्यसको घोर दुष्परिणाम पृथ्वीबासीहरुले अपूर्ब प्रलयकोरुपमा सामना गर्नु अनिवार्य छ ।

यस मानब निमन्त्रित घोर बिश्व बिपत्तीको सामना गर्नका लािग अन्तर्राष्ट्रिय पर्यावरण सम्मेलन–जसलाई ‘कन्फरेन्स अफ पार्टीज’ अर्थात–‘कोप’ भनिने गरेको छ, मा जलवायु सम्बन्धि पेरिस सम्झौता अन्तर्गत वायु मण्डलको तापमान सरदर १.५ डिग्री सेल्सियशभन्दा कम राख्ने प्रयासकाप्रति सहभागी देशहरुले फेरि पनि बचनबद्धता जाहेर गरेका हुन् । तर लामो समयदेखि चल्दै आएको यूक्रेन–रुस तथा प्यालेस्टिन–इजरायल युद्धका कारणले समेत के लाग्न छोडेको छ भने कार्बन उत्सर्जनमाथि नियन्त्रणका लागि नबिकराणीय ऊर्जाका लागि जुन बढावा दिन थालिएको हो त्यो स्थिर रहन पाउला कि नपाउला । किनभने जुन देशहरुले आफ्नो बचनबद्धता निर्बहन गर्दै कोइलाबाट ऊर्जा उत्सर्जनका जुन संयन्त्रहरु बन्द गरिदिएका थिए ती मध्ये कपिय त रुसले नै युद्धका कारणले चालु गरिसकेको छ । अरुले पनि गर्दै गएका छन् ।

गएको नोभेम्बर २०२१मा ल्गासगो बिश्व सम्मेलनमा के कुरा तय भएको थियो भने २०३० सम्ममा बिकसित देशहरुले र २०४० सम्ममा बिकासशील देशहरुले पनि ऊर्जा उत्पादनमा कोइलाको प्रयोग बन्द गरिसक्ने छन् । यसरी आगामी २०४० पछि थर्मल पावर अर्थात ताप बिद्यूत संयन्त्रहरुमा कोइलाबाट बिद्यूतको उत्पादन पूर्णरुपेण बन्द गरिने छ । त्यतिबेला भारत र चीनले पूर्णरुपले कोइलामाथि बिजुली उत्पादन गर्ने कुरामा असहमति जनाएका थिए तर ४० देशले पनि कोइलाबाट बिद्यूत निकाल्ने कुरा बन्द गर्ने भरोसा जनाएका थिए । अन्य २० देशले पनि बिश्वास जनाएका थिए कि २०२२ को अन्त्यसम्ममा कोइलाबाट बिद्यूत निर्माण गर्ने यन्त्रहरुलाई बन्द गरिसक्नेछन् । तर माथि उल्लेख गरिएका युद्धका कारण बिभिन्न देशहरुले कोइलाबाट चलाइएका त्यस्ता आफ्ना थर्मल पावरहरु बन्द गरेनन् ।

बिश्वगर्मीको बढ्दो दुष्प्रभावबाट चिन्तित जानकारहरु भनिरहेका छन् कि बद्लिदो बिश्वको यस्तो गम्भीर गर्मीको अबस्थाबाट बचेर हामी जीवित रहने हो भने हाम्रो जीवन जिउने शैली पनि बद्लिनुको कुनै बिकल्प छैन ।तापमानमा बृद्धिलाई पूर्ब औद्योगिक कालखण्डको स्तरदेखि १.५ डिग्री सेल्सियससम्म सीमित गर्ने हो भने कार्बन उत्सर्जनमा ४३ प्रतिशत कमी ल्याउनै पर्ने हुन्छ । अहिलेसम्म यसो गर्नु बाहेक अरु कुनै बिकल्प पनि छैन ।

आईपीसीसीले १८५० देखि १९०० सम्मको अबधिलाई पूर्ब औद्योगिक बर्षका रुपमा रेखांकित गरेकोछ । यसैलाई बढ्दो औसत बिश्व तापमानको तुलनामा रेखांकित गर्ने गरेको छ । हुन पनि कार्बन उत्सर्जनको दर घटेको छैन र तापमानमा १.५ डिग्रीभन्दा माथि जाने स्थिति बनेपछि असमयमा अकाल, खडेरी, असमय बर्षा र जंगलमा आगलागी हुने जस्ता बिपत्तिहरु आउने गरेका छन् र आइरहेका छन् । बढ्दो तापमानको असर केवल पृथ्वीमा मात्र पर्ने कुरा होइन । समुद्रको तापमान पनि बढ्ने छ र बिश्वका कयौ समुद्र छेउका शहरहरु पनि अस्तित्वबिहीन हुने गम्भीर संकटमा पर्ने छन् । अर्कोति बिश्वमा बढ्दो कारको उत्पादन र प्रचलनले पनि बिश्वमा गर्मी बढाउने ठूलो कारण बनेका छन् । यो बर्ष २०२४ मा बिश्व स्तरमा यस्ता कारहरुको १ हजार ४७५ बिलियन ( १ बीललियन भनेको १० करोड हो)रहेको अनुमान गरिएको छ । यसको अर्थ हो कि प्रत्येक ५.५ ब्यक्तिलाई एउटा कार पर्दछ, जसले ब्यापक प्रदुषण फैलाउने काम गरिरहेको बिज्ञहरुले उल्लेख गर्ने गरिरहेका छन् । यी तमाम कुरामा गम्भीरुपमा ध्यान जानु पर्ने र सबै सतर्ककासाथ चौतर्फीरुपमा सुरक्षित रहने प्रबन्ध गर्नु पर्ने राष्ट्रिय तथा अन्तर्राट्रिय आवश्यकताा आज अझ बढ्न गएको छ ।

यो पनि पढ्नुहोस्

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

त्रिवि क्रिकेट मैदान स्तरोन्नति नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना

२ घण्टा अगाडि
कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता  सम्पन्न

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक