शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

भोलि संसद्मा बजेट पास होला ?

सत्तामा सहयात्री एमाले, एकीकृत समाजवादी र रास्वपा सबै बजेटप्रति असहमत

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
भोलि संसद्मा बजेट पास होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / सत्तारुढ दलहरुले नै चर्को आलोचना गरेपछि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट संकटमा परेको छ । कांग्रेसलगायतका विपक्षी दलहरुले मात्र नभई सत्तामा सहभागी एमाले, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले बजेटमा असन्तुष्टि प्रकट गरेपछि बिहीबार बजेट पासमा सरकारलाई अप्ठयारो स्थिति सिर्जना भएको छ ।

माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट माओवादीबाट अर्थमन्त्री बनेका वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका हुन् । तर, बजेटमा सीमित नेताहरु केन्द्रित भएर निश्चित आयोजनाका लागि बजेट छुट्याएको, केही नेताको गृहजिल्लामा मात्र बजेट खन्याएको, टुक्रे आयोजनाका लागि विनियोजन गरिएको र कर नीतिहरुमा आपत्ति रहेको भन्दै सत्तारुढ दलहरुकै आपत्ति छ । सत्ताको प्रमुख दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले त आफूहरुसँग पर्याप्त छलफल नै नगरी बजेट ल्याएको भनेर सार्वजनिक रुपमा असन्तुष्टि प्रकट गरेका छन् ।

‘दलहरूसँग छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि ? जस्तो अलि बढ्ता देखिन गएको छ । रकमको बाँटफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ,’ उनले भनेका छन् । उनले आफ्ना पार्टीका सांसदहरुलाई बजेटको कमीकमजोरीबारे प्रतिक्रिया दिन पनि निर्देशन नै दिएका थिए । ओलीको निर्देशनको केही दिनपछि एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद्को रोस्ट्रममै उभिएर बजेट परामर्श नगरी ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले सत्ता सहयात्री दलसँग सरकारले बजेट ल्याएको भन्दै गुनासो गरेका थिए । एकीकृत समाजवादीका नेताहरुले पनि सरकारले शक्ति र पहुँचका आधारमा बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएका थिए ।

गत मंगलबार त संसद्मा बजेटमाथि धारणा राख्ने क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रोस्ट्रममा बजेट पुस्तिका नै च्याते । उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रलाई मात्र केन्द्रित गरेर बजेट छुट्याएको भन्दै असन्तुष्टि व्यक्त गरे । अन्य सांसदले बजेटमा कर्णालीलाई उपेक्षा गरेको गुनासो गरे । अधिकांश सांसदहरुले बजेट सीमित नेताका जिल्लाकेन्द्रित भएको, मनपरी नेताका खल्तीबाट बजेट बाँडिएको, अरु क्षेत्रलाई बेवास्ता गरिएकोलगायत आरोप लगाए ।

प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद हृदयराम थानीले बजेटमा कर्णालीलाई उपेक्षा गरिएको भन्दै संसद् भवन नै घेराउ गर्ने चेतावनी दिए । ‘गाडी धकेल्दै कहिलेसम्म हामी हिँडिरहने हो ? समानुपातिक विकास भनेको यही हो ? अहिलेको सरकारले समानुपातिक दिन्छु भनेको कुरा यही कर्णालीलाई मृत्युराजमार्ग वहन गर्न दिएको हो ? त्यसैले म भन्न चाहन्छु, यदि यही तरिकाले सरकारले ग¥यो भने कर्णालीका प्रदेशका सांसदहरुले संसद घेराउ गर्नुपर्ने छ,’ उनले भने । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेशको पूर्वाधारका लागि बजेट न्यून विनियोजन भएको गुनासो गरे ।

सत्ता पक्षकै सांसदहरुले उनीहरुले गठबन्धनको मर्मविपरीत बजेट विनियोजन भएको भन्दै आक्रोश पोखे । संघीयताविरोधी बजेट आएको उनीहरुको टिप्पणी थियो । बजेटमाथि सत्ता पक्ष र प्रतिपक्ष दुवैको विरोध भएका कारण प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने सांसद प्रभु साहले जनाए ।

कांग्रेस सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले कार्यकर्तालाई वितरण गर्नेगरी ३ खर्ब ३० अर्ब पुँजीगत खर्च बजेटमा ५५ अर्ब भन्दा बढी बजेट एक करोडभन्दा तलका आयोजनामा समावेश गरेको जनाए । सरकारले प्रतिबद्धता अनुसार ३ करोड भन्दा तलका आयोजनामा बजेट वितरण गरिएको उनको भनाइ थियो । प्रधानमन्त्रीले बोल्ने मात्रै र कार्यान्वयन नगर्ने गरेको उनले उल्लेख गरे । सरकारले बजेट विनियोजनमा पुरानै शैली दोहो¥याइरहनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले भने सत्ता समीकरणमा कुनै समस्या नरहेको जनाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखेको असन्तुष्टि वास्तविक नभएको जनाउँदै उनले सत्ता समीकरणमा कुनै समस्या नरहेको दाबी हुन् । ‘विरोध जस्तो मात्रै गर्नुभएको छ । साँच्चै गर्नुभएको छैन । उथलपुथल गर्ने बेला भएको छैन । यो जान्छ । राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा आउने अफवाहहरूमा सत्यता छैन,’ उनले भने । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

ललितपुरका तीन वटै क्षेत्रबाट नेपाली कांग्रेसले आकांक्षीहरूको नाम सिफारिस

२३ मिनेट अगाडि
जेनजी आन्दोलनलाई छाडेर गरिने कार्यक्रम अपुरो हुने

जेनजी आन्दोलनलाई छाडेर गरिने कार्यक्रम अपुरो हुने

५८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको सचिवालय बैठक आज बस्दै

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक