काठमाडाैं । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)ले लोक सभा निर्वाचनमा बहुमत गुमाएको छ।
५४३ लोक सभा सदस्यका लागि भएको निर्वाचनमा बहुमतका लागि २७२ सीट चाहिनेमा भाजपाले २४० सीटमा मात्रै विजय हासिल गरेको छ। यद्यपि भाजपा नेतृत्वको न्याशनल डेमोक्रेटिक अलायन्स (एनडीए)ले २९२ स्थानमा विजय हासिल गरेको छ।
एनडीए गठबन्धनले यस पटक ४०० भन्दा बढी स्थानमा जित हासिल गर्ने भन्दै प्रचार गरेको थियो। भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको गठबन्धन ‘इन्डियन न्याशनल डेभलपमेन्टल इन्क्लुसिभ अलायन्स’ (आईएनडीआईए)ले २०४ स्थानमा विजय हासिल गरेको छ।
यी गठबन्धन बाहेक एक्लै चुनाव लडेको तृणमूल कंग्रेसले २९ स्थानमा विजय हासिल गरेको छ भने अन्य विभिन्न दल र स्वतन्त्र उम्मेदवारले समग्रमा ७० सीट जितेका छन्।


