काठमाडाैं । प्रभु बैंकका ग्राहकलाई शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरमा छुट पानीपोखरीस्थित शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टर प्रा।लि र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टरले आफ्ना सेवा सुविधामा विशेष छुट प्रदान गर्ने छ। बुधबार एक समारोहकाबीच शुक्रा हाउसका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र बैंकका तर्फबाट बागमती प्रदेशका चिफ प्रोभिन्स अफिसर दिपेन्द्र बाबु विष्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्डप्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका पारिवारजनले शुक्रा हाउस डाइग्नोस्टिक एन्ड वेलनेस सेन्टर प्रा।लि मा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट र एक्स–रे, यूएसजी, ईसीजी, इकोमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

