काठमाडाैं ।नेपालभाषाको ”बुँदिया भिन्तुना” म्यूजिक भिडियाे सुटिङ्ग सम्पन्न भएकाे छ ।
गत असार १ गते शनिवार काठमाडाैं न्हुजः पार्टी भेन्यु एण्ड रेष्टुरेन्ट बागबजारस्थित पार्टि प्यालेसमा छायांकन गरिएकाे थियाे ।
साे म्यूजिक भिडियाेकाे निर्माता रजनी महर्जन रहेका छन् भने गीतकाे रचना तीर्थमान महर्जन गरेका हुन् ।
उक्त म्यूजिक भिडियाेकाे गीत नेपालभाषाका चर्चित गायिका गायिका रत्नशोभा महर्जन स्वर दिएका छन् । संगीत शिव शाहीले रहेकाे छ । कलाकारहरुमा स्वय रचनाकार तीर्थमान महर्जन, मिरा डंगोल बाल कलाकार रिहान विक्रम खड्गी र अन्य विभिन्न कलाकारहरुको अभिनय रहेकाे छ । यथाशिघ्र विभिन्न टि.भी. र युट्युबमार्फत प्रशारण हुने जानकारी रचनाकार तीर्थमान महर्जनले जानकारी गराउनु भयाे ।


