मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशैभर मनसुन फैलिन अझै केही दिन लाग्ने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
देशभरको मौसम सफा रहने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मनसुनी प्रणाली देशको मध्यभागसम्म फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

असार ६ मा मनसुनी प्रणाली कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा सक्रिय भएको विभागले जनाएको छ।

अब यी क्षेत्रमा पानी पर्ने अनुमान छ। यद्यपि, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा लुम्बिनीको पश्चिमी क्षेत्रमा मनसुनी वायु पुगेको छैन। त्यसैले लुम्बिनी र सुदूरपश्चिमको दक्षिणी क्षेत्रमा चर्को गर्मी यथावत छ। विभागले देशैभर मनसुन फैलिन अझै केही दिन लाग्ने जनाएको छ।

मनसुन शुरू भएको १० दिन बितिसके पनि देशको पूर्वी क्षेत्र र एकाध स्थानबाहेक अन्यत्र उल्लेख्य पानी पर्न सकेको छैन  मनसुनी वायु लामो समय एकै स्थानमा अड्किएका कारण अन्य भागमा पानी नपरेको विभागले जनाएको छ। नेपालमा मनसुनी वायु पूर्वी क्षेत्रहुँदै प्रवेश गरी पश्चिमी क्षेत्रतिर फैलिन्छ।

मनसुनी वायुले पश्चिमी वायुलाई धकेल्दै लग्दा क्रमशः मनसुन प्रभावशाली भएर पानी पर्छ। तर यो वर्ष पश्चिमी वायु प्रभावशाली भएर बस्दा मनसुनी वायु लामो समय पूर्वी भागमा अड्किएर बसेको हो। जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जनाएको छ। खासगरी, जुलाई र अगस्टमा बढी पानी पर्ने सम्भावना छ। यो वर्ष जेठ २८ मा मनसुनी वायु नेपाल प्रवेश गरेको थियो। यो विगतको सरदरमा मनसुन प्रवेश गर्ने दिनभन्दा तीन दिन छिटो हो।

 

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

देशभरको मौसम मुख्यतया सफा रहने

१ हप्ता अगाडि
न्यून चापीय प्रणालीको प्रभावः वर्षा र हिमपातको सम्भावना

हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

जाँचबुझ आयोगले प्रधानसेनापति अशोकराज सिग्देलसँग बयान लियाे

डुबेर  र आगलागीमा जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक