मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

ओली बा र माधव काकाको पार्टीमा विचारको मतभेद छैन !

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–निमकान्त पाण्डे
देशको संबिधान, राज्यका कानून र विभिन्न नीतिहरुलाई कार्यान्वयन गर्न निश्चित नागरिकहरुको समूह वा संगठन बनेको हुन्छ,जस्लाई राजनीतिक दल  भनिन्छ । नेपाली उखान ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’ भनेजस्तै जहाँ धेरै मानिसहरु हुन्छन्, त्यहाँ फरक फरक विचार त हुने नै भयो । तर, राजनीतिक दल भने एउटा विचार, सिद्धान्तलाई आदर्श बनाएर अगाडि बढ्छन् । यद्यपि, यसमा समयसमयमा बहस र परिमार्जनको आवश्यकता भने सधैं भैरहन्छ । यो तब मात्र सम्भव हुन्छ, जब पार्टीमा फरक विचार वा मतलाई पनि स्वागत गरिन्छ, त्यसमाथि विमर्श गरिन्छ । यसले पार्टीलाई गतिशीलता पनि प्रदान गर्छ । विश्वको इतिहास हेर्दा नयाँ वैचारिक क्रान्तिले पार्टीको स्थापनामा मद्दत पु¥याएको छ । तर, तीमध्ये केही पार्टीमा केही नेताहरुको आगमनले वैचारिक विमर्श नै बन्द भएको पाइन्छ । जसले पार्टीले एउटा निरंकुशता सञ्चालन गरेका उदाहरण पनि प्रशस्त छन् । निरंकुशता देश, जनता वा पार्टी, सबैका लागि हानिकारक नै हुन्छन् र एक न एक दिन अवसान हुन्छन् । व्यक्तिको अवसानसँगै पार्टीको पनि अवसान खतरा हुन्छ । वैचारिक विविधता र विमर्श कुनै पनि पार्टीको सौन्दर्य हो । जुन पार्टीमा नेताहरुबीच फरक विचार रहन्छ त्यस पार्टीमा विचारको बहस हुन्छ र त्यो पार्टी गतिशील पनि रहन्छ ! जहाँ फरक विचार छैन त्यहाँ निरंकुशता छ भन्ने स्पष्ट हुन्छ ।
नेपालको सन्दर्भमा राजनीतिक दलहरु एक व्यक्तिकेन्द्रित देखिन्छन् । वामपन्थी दलहरुमा पनि नेतृत्व नै सर्वेसर्वा देखिन्छन् । चुनावमा टिकट दिने, गठबन्धन गर्ने, मन्त्री छान्ने, संघदेखि प्रदेश सरकारसम्म निर्माणका लागि निर्णय लिनेजस्ता अधिकांश महत्वपूर्ण निर्णयहरु पार्टीको नेतृत्वलाई जिम्मा दिइने गरिएको छ । त्यसैले नेपाली राजनीतिक दलहरुमा अहिले पनि अर्धनिरंकुशताको छनक पाउन सकिन्छ । तीमध्ये पनि यस आलेखमा भने हालका दुई महत्वपूर्ण वामपन्थी दलहरु एमाले र एकीकृत समाजवादी (एस) को बारेमा चर्चा गर्न लागिएको छ । एमालेबाट विभाजन भएर बनेको एसले आफ्नो पहिलो महाधिवेशन यही असारमा गर्दै छ । एमालेमा केपी शर्मा ओली र एसमा माधवकुमार नेपाल अध्यक्ष छन् । यी दुवै नेता पञ्चायतकालदेखि नै कम्युनिस्ट आन्दोलनमा सक्रिय थिए । नेपालले महासचिव भएर लामो समयसम्म एमाले हाँके । त्यसपछि नेतृत्वमा आएका ओली अहिले एमालेमा निर्विकल्प सर्वोच्च नेताको रुपमा देखिएका छन् ।
ओली प्रधानमन्त्री हुँदा संसद विघटन गरेको निहुँमा पार्टी फुटाएका नेपाल एसमा पनि आफ्नो अध्यक्षताको निरन्तरताको प्रयासमा छन् । तर, दुवै पार्टीमा अहिले वैचारिक बहस भने ठप्पप्रायः भएको छ । यसको पुष्टि उनै नेताहरुको अभिव्यक्तिबाट पनि हुन्छ । हालै एक सार्वजनिक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दाबी गरे । नेता, कार्यकर्ताहरुको सामूहिक बुद्धिबाट नै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक लगायतका दस्तावेजहरु तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको उनको भनाइ थियो । मुलुकलाई समाजवादी बाटोमा दृढतापूर्वक अघि बढाउनका लागि आफूहरुले समाजवादी मोर्चा निर्माण गरेर अघि बढेको पनि उनले उल्लेख गरे । तर, एसमा नयाँ विचार वा नयाँपुस्तालाई भने निषेधजस्तो वातावरण देखिन्छ । पार्टीको नेतृत्व तहमा ७० वर्ष नाघेका नेतालाई अब अवसर दिन नहुने नीति पारित गरे पनि नेपाललगायत नेताले फेरि उल्टाएका छन् । चार दशकदेखि पार्टी र देशको नेतृत्वसमेत गर्न भ्याएका नेपाल र एसका अर्का नेता झलनाथ खनाल फेरि अध्यक्षको दाबेदार देखिएका छन् । पार्टीमा नयाँ पुस्तालाई अवसर नदिएको भन्दै उनीहरुको आलोचना भए पनि आफ्नो हठबाट हट्ने संकेत देखिँदैन ।
यस्तै एमालेमा पनि ओलीको निर्णय सर्वेसर्वा देखिन्छ । पार्टीको गत महाधिवेशनदेखि पदाधिकारी चयनदेखि, निर्वाचन, गठबन्धन, टिकट वितरण, सरकारमा सहभागिता, सरकारको कुनै नीतिको विरोध वा समर्थनजस्ता विषयमा ओलीले निर्णय गर्ने जिम्मेवारी पाएका छन् । पार्टीमा वैचारिक विमर्श ठप्पप्रायः छ । ओलीको निर्णयको विरोध गर्ने वा फरक मत गर्ने नेता एमालेमा देखिँदैनन् । एमालेको गत महाधिवेशनमा ओलीको प्रतिस्पर्धामा उत्रिएका उनका प्रखर आलोचक भीम रावल अहिले पार्टीमा किराराकृत जस्तै भएका छन् । यसले ओलीको विरोध गर्दा राजनीतिक लाभ नपाउने डरका कारण पनि कुनै नेता उनको विरुद्धमा छैनन् ।
यसले पार्टीमा नयाँ विचार होस् वा नयाँ पुस्ताको आगमन ठप्पप्रायः छ । एमाले र एसमा फरक विचारलाई समाप्त गरेर नवसामन्तवादको जग बलियो बनाउन प्रयास गरिएको छ । यसले नेतालाई अराजक बनाईरहेको छ र नेता आवरणका अराजक व्यक्तिलाई निरंकुशतातर्फ अग्रसर गराउँदै लगेको छ । यो न पार्टीको हितमा छ, न त देश र जनताको हितमा नै । दशकौं पुरानो राजनीतिक दल एउटा व्यक्तिको सनकपनमा चल्ने अवस्था आउनु दुर्भाग्य हो । यसले सभ्य र समृद्ध राजनीतिक माहोल बिगार्ने मात्र होइन, व्यक्तिका साथै पार्टीको अवसान हुने निश्चित छ । पार्टीमा फरक विचारको सम्मान भएन भने त्यहाँ न त जबज रहन्छ, न जनबादी केन्द्रिएता रहन्छ न त समाजबादको गन्तब्यलाई पछ्याउनै सकिन्छ । एमालेमा बिकसित भएको बा संस्कृतिले त्यस पार्टी कता लाँदैछ भन्नेबारे चर्चा गर्नु कुनै अर्थ देखिदैन, त्यही अराजकताको रोग एस र माकेमा पनि बिस्तार हुन पुगेको छ । एसमा माधव काका संस्कार  माकेमा प्रचण्ड बुवा संस्कार बिकसित भएको अवस्था छ । शीर्ष नेताहरु सच्चिएर जाने लक्षण देखाएका छैनन् र मातहतका नेताहरुको अवस्था पनि आशा लाग्दो देखिदैन । नेपालको कम्युनिष्ट  आन्दोलनमा ठूलै संकट देखिएको छ,सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

निर्वाचन आयोग समन्वय उपसमितिमा सदस्यहरु मनोनित

९ घण्टा अगाडि
कामपाले पुँजीगत खर्चलाई बढाउने

कामपाले पुँजीगत खर्चलाई बढाउने

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक