बुध, मंसिर २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

इजराइली प्रधानमन्त्रीद्वारा युद्ध मन्त्रिपरिषद् भङ्ग

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
इजराइली प्रधानमन्त्रीद्वारा युद्ध मन्त्रिपरिषद् भङ्ग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाजामा युद्धको नेतृत्व गर्ने जिम्मेबारी दिइएको प्रभावशाली युद्ध मन्त्रिपरिषद्लाई भङ्ग गर्नुभएको अधिकारीहरूले सोमबार बताएका छन्।
युद्ध मन्त्रिपरिषद्का एक प्रमुख सदस्यले प्रधानमन्त्रीको युद्ध व्यवस्थापन गर्ने तरिकालाई लिएर निराशा व्यक्त गर्दै सरकारको आलोचना गरेको केही दिनपछि यस्तो कदम चालिएको हो।
यसै महिनाको प्रारम्भमा मध्यमार्गी पूर्व सैन्य प्रमुख बेनी गेन्ट्जले युद्ध मन्त्रिपरिषद् सदस्यबाट राजीनामा दिएपछि यस्तो कदमको व्यापक अपेक्षा गरिएको थियो।
सरकारबाट गेन्ट्जको अनुपस्थितिले नेतान्याहुलाई शासन गर्न आफ्ना अतिराष्ट्रवादी सहयोगीमाथि अधिक निर्भर बनाएको छ र युद्ध मन्त्रिपरिषद्को विघटनले गाजामा आठ महिना लामो युद्धका रूपमा भएको परिवर्तनलाई जोड दिएको छ।
नेतान्याहुले युद्धसँग सम्बन्धित संवेदनशील मुद्दाका लागि आफ्ना केही सरकारी सदस्यसँग सानो फोरम राख्नुहुने आफ्नो नाम उल्लेख नर्गे सर्तमा एक अधिकारीले बताए।
यसमा युद्धविराम सम्झौताको विरोध गर्ने र गाजामाथि पुनः कब्जा गर्नका लागि समर्थन गर्ने अतिदक्षिणपन्थी शासक साझेदार रहेको सुरक्षा मन्त्रिपरिषद् पनि समावेश छ।
गेन्ट्ज विपक्षी दलको नेता तथा नेतान्याहुका प्रतिद्वन्द्वी रहेको बेला युद्ध मन्त्रिपरिषद्को गठन युद्धको सुरुआती दिनमा गरिएको थियो। अक्टोबर ७ मा दक्षिणी इजराइलमाथि हमासको आक्रमणपछि एकता प्रदर्शनमा गेन्ट्ज गठबन्धनमा सामेल भएका थिए।
उनले नेतान्याहुको सरकारका अतिदक्षिणपन्थी सदस्यहरूलाई किनारा लगाउन सानो निर्णय गर्ने निकायले युद्धको नेतृत्व गर्नुपर्छ भन्ने माग गरेका थिए।
युद्ध मन्त्रिपरिषद्मा तीन सदस्य गेन्ट्ज, नेतान्याहु र रक्षामन्त्री योभ ग्यालेन्ट हुनुुहुन्थ्यो। उहाँहरूले मिलेर युद्धका क्रममा महत्त्वपूर्ण निर्णय गरेका थिए।
इजराइलले थप महत्त्वपूर्ण निर्णयको सामना गर्नुपरिरहेको बेला युद्ध मन्त्रिपरिषद् समाप्त गर्ने कदम चालिएको छ।
हमासको आक्रमणका क्रममा बन्धक बनाइएका मानिसहरूको रिहाइको बदलामा इजराइल र हमासले युद्धविरामको पछिल्लो प्रस्तावमाथि विचार गरिरहेका छन्।
इजराइली सेना अहिले पनि गाजा पट्टीमा फसेका छन्। उनीहरू दक्षिणी सहर रफाह र अन्य स्थानमा हमासको पुनरुत्थानविरुद्ध लडिरहेका छन्। साथै इजराइल र लेबनानी हिजबुल्लाह लडाकू समूहबीच हिंसा जारी छ।
सम्पूर्ण युद्धमा नेतान्याहुले इजराइलको शीर्ष सहयोगी अमेरिका, युद्धको बढ्दो विश्वव्यापी विरोध तथा आफ्ना सरकारी सहयोगीहरू वित्तमन्त्री बेजेलेज स्मोट्रिच र राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–गम्भरको दबाबबीच सन्तुलन बनाउने भूमिका निर्वाह गरेका  छन्।
दुवै मन्त्रीले इजराइलले युद्धविराम सम्झौतामा अघि बढेमा सरकार ढाल्ने धम्की दिनुभएको छ। विचाराधीन पछिल्लो प्रस्ताव युद्ध अन्त्य गर्न सहयोग गर्नका लागि बाइडेन प्रशासनको सबैभन्दा केन्द्रित प्रयासको हिस्सा हो।

यो पनि पढ्नुहोस्

अमेरिका कडा बनाएसँगै हालसम्म ८५ हजार भिसा रद्द

अमेरिका कडा बनाएसँगै हालसम्म ८५ हजार भिसा रद्द

७ घण्टा अगाडि
जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

शान्तिपुर्ण प्लेकार्ड प्रदर्शनीमा उपस्थित आह्वान

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

२० इन्टरनेट सेवाप्रदायक कम्पनीलाई ३५ दिनभित्र शुल्क बुझाउन ताकेता

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

विश्व मानवीय राहतका लागि ३३ अर्ब डलर माग

जेनजीहरूको सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक