काठमाडौं । संवैधानिक परिषद्को बैठक बसेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक हिजाे बसेकाे हो ।
बैठकमा संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्तिका विषयमा छलफल भएकाे थियाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना र मुख्यसचिव वैकुण्ठ अर्याल सहभागिता जनाएका थिए ।


