मालावी । मालावीका उपराष्ट्रपति सौलोस क्लास चिलिमाको शोक सभामा दुघर्टना भएको छ । चिलिमाको पुख्र्यौली गाउँ एनटचेउमा आइतबार आयोजित शोक सभामा सो दुघर्टना भएको हो ।
चिलिमाको पार्थिव शरीर बोकेर गइरहेको बहानको हुलमध्ये एक बहानले शोक मनाइरहेका केही मानिसलाई कुल्चिएको थियो ।
यो घटनामा ४ जनाको मृत्यु भएको र अरू १२ जना गम्भीर घाइते भएको जनाइएको छ । मर्नेमा दुई महिला र दुई पुरुष भएको बताइएको छ । गाउँमा हजारौँ मानिसहरू चिलिमाको अन्तिम दर्शनका लागि सडकको दायाँबायाँ उभिएर बसेका थिए । एकातिरको भिडलाई बचाउने क्रममा बहानले अर्को किनारमा बसेको मानिसहरूलाई कुल्चिएको जनाइएको छ ।
जुन १० मा चिलिमा र अन्य ८ जना सवार सैन्य विमान दूघर्टनाग्रस्त भएको थियो । विमान कुहिरोका कारण मलावीको चिकंगावा वनक्षेत्रमा दुघर्टनाग्रस्त भएको थियो ।


