शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरिन्

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरिन्
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  सात वर्ष राष्ट्रपति भएकी विद्यादेवी भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेकी छन्।

२०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहेकी भण्डारीले आफ्नो पूर्ववत पार्टीमा सक्रिय हुने लक्ष्यका साथ पार्टी सदस्यता नवीकरण गरेकी हुन्।

एमाले पार्टी कार्यालय स्रोतका अनुसार गत वैशाख १ गते नयाँ वर्षको अवसर पारेर संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भण्डारीको सदस्यता नवीकरण गरेका हुन्। एमालेको सक्रिय राजनीतिमा फर्कनका लागि पार्टीभित्र वातावरण बनाइरहेकी भण्डारी अब औपचारिक रुपमा एमालेको संगठित सदस्य भएकी छन्।

भण्डारीको पार्टी सदस्यता नवीकरणबारे जिज्ञासा राख्दा संगठन विभाग प्रमुख अधिकारी खुल्न चाहेनन्। उनले आफू बाहिर गएको बेला पार्टी सदस्यता नवीकरण भएको हुनसक्ने बताए। आफू बैठकमा रहेको भन्दै उनले थप कुरा गर्न चाहेनन्। देश सञ्चारसँग अधिकारीले भने, ‘कार्यालयमा हेर्नुपर्छ। म बाहिर गएको बेला भयो कि? अहिले म मिटिङमा छु। पछि कुरा गरौँला नि।’

सात वर्ष राष्ट्रपति पदमा जानुअघि उनी एमालेको उपाध्यक्ष थिइन्। भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउन एमालेकै केही नेताहरु लागिपरेका छन्। गत जेठ १६ गते एमालेले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’को उद्घाटन भण्डारीले गरेकी थिइन्।

दुई दिन चलेको भेलाको उद्घाटन गर्दा अध्यक्ष केपी ओली अतिथिका रुपमा मात्रै सीमित भए। पार्टी अध्यक्ष नै उपस्थित कार्यक्रममा भण्डारीबाट कार्यक्रमको उद्घाटन भएर ओली ताली बजाउन मात्रै सीमित भएको घटनाले एमालेमा उनको सक्रियताको प्रष्ट संकेत गरेको थियो। भण्डारीले सदस्यता नवीकरण गरेपछि एक नेताले भने, ‘उहाँ साधरण सदस्यमै रहन सदस्यता नवीकरण गरेको होइन। पार्टी नेतृत्व गर्ने योजनाका साथ आउनुभएको होला।’

भण्डारी सक्रिय राजनीतिमा फर्किँदा विघठित नेकपा फर्काउने बृहत् रोडप्याप अघि सारिएको छ।

राष्ट्रपति पदमा रहँदासमेत उनले आफू पूर्ववत अवस्थामा आबद्ध रहेको एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार पदीय गरिमा बिर्सेर काम गरेको भन्दै पटक–पटक आलोचनामा परेकी थिइन्।

०७४ को निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै भण्डारीले ओलीलाई ०७४ फागुन ३ गते सांसद पदको सपथ नै नलिई धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्। संविधानले प्रधानमन्त्री बन्न प्रतिनिधिसभाको सदस्य हुन अनिवार्य हुने व्यवस्था गरे पनि त्यसविपरीत सांसदका रुपमा ओलीले शपथ ग्रहण नै नगरी प्रधानमन्त्री नियुक्त गरिन्। संविधानविपरीत ओलीले दुई पटक गरेको संसद विघटन सिफारिसलाई भण्डारीले सदर गरेकी थिइन्।

पूर्वराष्ट्राध्यक्ष पार्टीको सदस्य नबन्ने अन्तराष्ट्रिय परम्परा छ। अर्का पूर्वराष्ट्रपति रामवरण यादव कांग्रेस पार्टीका औपचारिक कार्यक्रमहरुमा सहभागी हुने गरे पनि पार्टी सदस्यता भने लिएका छैनन्।

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

ललितपुरका तीन वटै क्षेत्रबाट नेपाली कांग्रेसले आकांक्षीहरूको नाम सिफारिस

८ मिनेट अगाडि
जेनजी आन्दोलनलाई छाडेर गरिने कार्यक्रम अपुरो हुने

जेनजी आन्दोलनलाई छाडेर गरिने कार्यक्रम अपुरो हुने

४३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेको सचिवालय बैठक आज बस्दै

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक